उपभोक्ता ठग्ने कलंकीस्थित एक उद्योगमा शिलबन्दी
- बुधबार, २५ चैत, २०७७
- 1 week ago
- अर्थ

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको कलंकीस्थित एक मेहेन्दी उद्योगमा शिलबन्दी गरेको छ । उपभोक्ता ठगी गरेको पाइएपछि विभागले कलंकीस्थित मेहेन्दी र मलतानी माटो प्याकिङ्ग गर्ने ‘हबिब काला कोकिला हिनाज’ उद्योगमा शिलबन्दी गरेको हो ।
विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले उक्त उद्योगमाथि शिलबन्दी गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । ‘उक्त उद्योगले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ विपरित अनुचित व्यापारिक वा व्यवसायजन्य क्रियाकलाप गरी अन्य उत्पादक (विदेशी) का ट्रेडमार्क/ब्राण्ड प्रयोग गरी जनस्वास्थ्यमा हानी/नोक्सानी पुग्ने गरी कारोबार गरेको पाइएपछि शिलबन्दी गरिएको छ,’ प्रवक्ता सेढाईंले भने, ‘उक्त क्रियाकलापमा प्रत्यक्ष संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।’
अप्रमाणित रसायन मिश्रण गरेर मेहेन्दी लगायतका तीन दर्जन भन्दा बढी किसिमका कस्मेटिक वस्तु गोप्य रुपमा उत्पादन गरेको, भण्डारण, आयात एवम् विक्री वितरण समेत गरेको गोप्य सूचनाका आधारमा विभागले महानगरीय प्रहारी अपराध महाशाखाको सहयोगमा उक्त उद्योगमा शिलबन्दी गरेको हो ।
गोप्य सूचना पाएपछि महाशाखा र विभागको संयुक्त टोलीले मंगलबार उक्त उद्योगमा छापा मारेको हो ।
उक्त उद्योगमा विशेषगरी नेपाल र भारतमा उत्पादन हुने कस्मेटिक सामान गैरकानुनकी रूपमा उत्पादन हुने गरेको पाइएको प्रहरीले जनाएको छ । उद्योगका सञ्चालक कलंकी बस्ने ३३ वर्षीय चेतन गोयललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी यसअघि पनि पक्राउ परिसकेका व्यक्ति रहेको महाशाखाले जानकारी दिएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन
- 5 hours ago

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए
- 6 hours ago

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए
- 6 hours ago

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।
पर्यटन
शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।
जीवनशैली
छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।
विचित्र विश्व
हरिद्वारमा कोरोना संक्रमण फैलियो, एक जना साधुको मृत्यु

एजेन्सी । कुम्भ नगरी हरिद्वारमा अप्रिल १४ मा भएको मुख्य शाही स्नानपछि कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । रिपोर्टका अनुसार कोरोना संक्रमित साधु सन्तहरुको लिष्ट अगाडि आउन थालेको छ ।