गीतकार शेर्पाको गीति एल्बम् ‘दुई नयन’ सार्वजनिक

काठमाडौं । अमेरिका बस्दै आएका गीतकार लाक्पा डेण्डी शेर्पाको गीति एल्बम् ‘दुई नयन’ सार्वजनिक भएको छ । 

 

‘दुई नयन’को काठमाडौंमा एक समारोहबीच बरिष्ठ गीतकार डा. कृष्णहरि बराल र संगीतकार शक्ति बल्लभले संयुक्तरुपमा सार्वजनकि गरेका थिए । एल्बम सार्वजनिक गर्दै गीतकार डा. बरालले भने, ‘गीतकार शेर्पाका गीतहरु मन छुने छन् ।’ उनले एल्बममा समावेश राष्ट्रिय गीतले आफ्नो मन छोएको बताए । त्यस्तै, कार्यक्रममा बोल्दै संगीतकार बल्लभले  विदेशमा रहेर पनि नेपाली गीत लेखनमा शेर्पाले देखाएको मोहलाई सकरात्मक रुपमा लिनुपर्ने बताए । उनले भने, ‘गीतकार शेर्पाले प्रदेशमा बसेर पनि आफूलाई नेपाली गीतसंगीतमा उभ्याएका छन् । यो समग्र नेपाली गीतसंगीत क्षेत्रका लागि सकरात्मक कुरा हो।’ 

 

गीतकार शेर्पाले आफ्ना दुई छोरीमा समर्पित गर्दै एल्बमको नाम ‘दुई नयन’ जुराएको जनाएका छन् । आफ्ना छोरीहरु आँखाको नानीजस्तै भएकाले आफ्नो पहिलो सांगीतिक कोशेलीलाई ‘दुई नयन’ नामांकन गरेको उनको भनाइ थियो ।

 

सार्वजनिक एल्बममा बुद्धले परिनिर्माणु, स्वच्छ आकाश, उठौँ वीरका सन्तती, म त अस्मिता लुटिएकी, (केटा केटी भर्सनमा छ) र माथि है साल्पा लेकैमाु बोलका गीत रहेका छन् । जसमा जगदिश समाल, यशोदा तिमिल्सिना, विष्णु अधिकारी, गणेश पराजुली, यम बराल, डोमा शेर्पा, एपी शेर्पा र मेलिना राईको स्वर रहेको छ भने संगीत ओम कर्माचार्य, सन्तोष श्रेष्ठ, गणेश पराजुलीलगायतको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

  • 6 hours ago
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

  • 6 hours ago
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

  • 6 hours ago
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।