‘प्रधानमन्त्रीजस्तो अफर पाउँदा शेरबहादुर ‘जान्नँ’, ‘खान्नँ’ भन्ने स्वभावको मान्छे नै होइन’
- बुधबार, १९ फागुन, २०७७
- 1 month ago
- राजनीति

काठमाडौँ । ‘म मेरै क्रेडिबिलिटी खत्तम पार्नेहरुसँग कसरी जान्छु ? हुँदैन, जान्नँ...’ स्वभावतः लाभका मामिलामा ‘चाहिएन’, ‘हुँदैन’, ‘पर्दैन’ नभन्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज एकाएक किन त्यसो भन्नेमा पुगे होलान् ?
११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभाको विघटन बदर गरेपछि नयाँ सरकार गठन, सत्ता समीकरणका अभ्यासलाई लिएर उनीसँग विभिन्न व्यक्ति, दल र समूहका परामर्श चलिरहेका छन् । सत्तारुढ नेकपा विभाजित भइरहेको स्थितिमा देउवामाथि आँखा लगाउने एउटा समूहसँग उनले भनेका छन्, माधव–प्रचण्डभन्दा मेरा लागि केपी ओली नै ठीक । यसो भन्नुका पछाडि तर्क छ– एमसिसीसँग जोडिएको । अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेञ्ज कोअपरेशन (एमसिसी)’ उहाँ प्रधानमन्त्री रहनुभएको बेला सम्झौता भएको तर संसदबाट अहिलेसम्म अलपत्र परेको विषयलाई अल्झाइदिएको प्रति उहाँको ठूलो चिन्ता रहेछ । ‘अन्तर्राष्ट्रिय जगतमा मेरो क्रेडिबिलिटी (विश्वसनीयता) बिगार्ने काम जसले गर्छ, त्यसलाई साथ दिन्नँ । त्यो सपार्ने काम प्रचण्डहरुबाट हुँदैन, ओलीबाटै हुन्छ,’ उनले नयाँ सत्तासमीकरणका विषयमा कुरा गर्न पुगेको एउटा राजनीतिक समूहसँग केही दिनअगाडि मात्रै यसो भनेका छन् ।
नत्र, पाँचौं पटक प्रधानमन्त्रीजस्तो अफर पाउँदा शेरबहादुर ‘जान्नँ’, ‘खान्नँ’ भन्ने स्वभावको मान्छे नै होइन । तर, एमसिसी पारित नहुँदा उनको मन कति पोलेको रहेछ भन्ने यो अभिव्यक्तिले पनि जनाउँछ । तर जसलाई जे जवाफ दिए पनि अब सदनमा पेश हुने प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा आगामी प्रधानमन्त्रीका रुपमा वैकल्पिक नामचाहिँ शेरबहादुरको हुनैपर्छ । यदि उनले प्रधानमन्त्री बन्न माने भने पुरानो प्रस्तावमा उनकै नाम मुख्य बनेर जान्छ, नभए पनि वैकल्पिकमा त जान्छ–जान्छ । यदि, मुख्य व्यक्तिका रुपमा उनी अगाडि सारिए भने त अर्को प्रधानमन्त्रीको कल्पना नै हुँदैन ।
शेरबहादुर आफ्नो मूल सरोकार रहेको विषय (एमसिसी) का सन्दर्भमा नेकपाको दुबै समूहमध्ये जसले साथ दिन्छ, समर्थन पनि त्यसैलाई गर्ने, तर एमसिसी पारितको शर्त अगाडि राखेर त्यो प्रस्ताव सदनबाट पारित नहुँदासम्म सरकारमा सहभागी नहुने रणनीतिमा छन् भनिन्छ । त्यसक्रममा अहिलेसम्म उनले प्रचण्डहरुलाई विश्वास गरेका छैनन् । आज प्रकाशित जनआस्था साप्ताहिकबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन
- 4 hours ago

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए
- 5 hours ago

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए
- 5 hours ago

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।
पर्यटन
शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।
जीवनशैली
छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।
विचित्र विश्व
हरिद्वारमा कोरोना संक्रमण फैलियो, एक जना साधुको मृत्यु

एजेन्सी । कुम्भ नगरी हरिद्वारमा अप्रिल १४ मा भएको मुख्य शाही स्नानपछि कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । रिपोर्टका अनुसार कोरोना संक्रमित साधु सन्तहरुको लिष्ट अगाडि आउन थालेको छ ।