कोरोना भाइरसको भ्याक्सिन बनाउन झण्डै पाँच लाख शार्क मारिन सक्ने !

एजेन्सी । कोरोना भाइरस भ्याक्सिनका लागि करिब ५ लाख शार्क मार्न सकिने वन्यजन्तु विज्ञहरूले चेतावनी दिएका छन्। शार्कको कलेजोमा रहेको तेल कोरोना भ्याक्सिन बनाउन प्रयोग गरिने र उक्त प्रयोजनका लागि लाखौँ शार्कहरु मारिन सक्ने वन्यजन्तु विज्ञहरुले बताएका हुन् । 

 

रिपोर्टका अनुसार कोरोना भाइरसको धेरै खोप सामग्रीहरूमा शार्क कलेजोको तेल रहेको बताइएको छ ।  उक्त तेलको प्रयोग खोपको प्रभाव बढाउन प्रयोग गरिने बताइएको छ । 

 

क्यालिफोर्नियाको शार्क एलियास एसोसिएसन अफ अमेरिका का अनुसार यो खोपका लागि ५ लाख शार्क मार्न सकिनेछ।

 

शार्कको लिभरमा स्वालिन नामक पदार्थ पाइन्छ । यो एक प्रकारको प्राकृतिक तेल हो । यसको प्रयोग भ्याक्सिनमा गरिन्छ । विश्वभर ३० वटा कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको छ ।

 

यदी विश्वभरका मानिसहरुलाई कोरोना भ्याक्सिन एक डोजमा मात्र दिने हो भने साढे दुई लाख शार्क मारिने विज्ञहरु बताउँछन् । त्यस्तै दुई डोज दिनु परेमा  ५ लाख शार्क मारिने उनीहरुको भनाई रहेको छ ।

 

ट्रायलका दौरान हाल संक्रमितलाई दुई डोज भ्याक्सिन दिदै आइरहेको रिपोर्टमा उल्लेख छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

उत्कृष्ट कमब्याक गर्दै पञ्जाब, कोलकतालाई ८ विकेटले हरायो

  • 1 minute ago
उत्कृष्ट कमब्याक गर्दै पञ्जाब, कोलकतालाई ८ विकेटले हरायो

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पञ्जाबले कोलकोता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

  • 12 minutes ago
टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

टीकापुर । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो ।

लण्डनमा नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना, कोभिड–१९ नियन्त्रण नियम उल्लङ्घन गरेको आरोप

  • 24 minutes ago
लण्डनमा नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना, कोभिड–१९ नियन्त्रण नियम उल्लङ्घन गरेको आरोप

एजेन्सी । एजेन्सी । बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।