शेयर बजारमा करेक्सन, नेप्सेमा दोहोरो अङ्कको गिरावट
- मंगलबार, ११ फागुन, २०७७
- 1 week ago
- अर्थ

काठमाडौँ । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगानीकर्ताले भने आजको गिरावटलाई करेक्सनका रुपमा लिएका छन् । हरेक दिन उचाइ कायम गर्दै नयाँ उचाइ बनाएको नेप्सेमा आज झण्डै २१.१६ बिन्दुले गिरावट आई दुई जार ५८६.५१ मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ ले घटेर ४६७.९४ मा ओर्लेको छ । कूल २०५ कम्पनीको एक करोड ७७ लाख १४ हजार ९१२ कित्ता शेयर रु आठ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ बराबरको कारोवार भयो ।
नेप्सेमा आएको गिरावटसँगै बजार पूँजीकरणसमेत घटेको छ । आज कूल ३५ खर्ब ६४ अर्ब १० करोड ४३ हजार बराबरको बजार पूँजीकरण कायम भएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर आरालो लागेको छ । व्यापार २६.७३ बिन्दुले उकालो लाग्दा बैंकिङ ७.७२, होटल ३१.५८, विकास बैंक ३०.२७, जलविद्युत् १२.४७, वित्त ७।०१, निर्जीवन बीमा ५२.०४, उत्पादन ९५.९९, अन्य ५१.११, लघुवित्त ६.३२, जीवन बीमा २०.२ र सामूहिक लगानी कोष ०.१६ ले ओरालो लागेको छ ।
केही दिन पहिले मात्रै कारोवारमा आएको नेपाल पूर्वाधार बैंकको शेयर आज शुरुवाती चरणमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको थियो । पुनः सो कम्पनीको शेयरमा नकारात्मक सर्किट लाग्यो । सो कम्पनीको रु ७३ करोड ९४ लाख ५२ हजार ५१८ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।
यस्तै माथिल्लो तामाकोशी रु ४३ करोड ३९ लाख एक हजार ७७, नबिल बैंक रु ३७ करोड ३५ लाख ५८ हजार ९६७, एनआइसी एशिया बैंक रु ३२ करोड ८० लाख ५० हजार ३८१, ग्लोबल आइएमई बैंक रु २९ करोड ६२ लाख ९२ हजार ५८, नेको इन्स्योरेन्स रु २७ करोड ४९ लाख ६२ हजार ४५९, नेपाल लाइफ इन्स्योरेन्स रु २६ करोड ५६ लाख सात हजार ८४५, नेपाल पुनरबीमा कम्पनी रु २५ करोड ५६ लाख दुई हजार २३२, नेपाल बैंक रु २४ करोड ६९ लाख ६७ हजार ८०५ र अपि पावर कम्पनी रु २३ करोड ४८ लाख १२ हजार ८०१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
कारोवारका आधारमा आज नेपाल फाइनान्स ९.९३, अपि पावरक म्पनी ९.६७, लिवर्टी इनर्जी ९.६५, हिमालयन पावर पार्टनर ९.५९, एनएलजी इन्स्योरेन्स ५.८२, चन्द्रागिरि हिल्स ५.७६, उन्नति सहकार्य लघुवित्त ५.०७, अरुण भ्याली हाइड्रोपावर ४.९४, रैराङ हाइड्रोपावरका लगानीकर्ताले ३.५६ प्रतिशतले कमाए ।
त्यस्तै, पूर्वाधार बैंक १०, आँखु खोला जलविद्युत् कम्पनी ६.६७, युनिलिभर नेपाल ५.२८, एनएमबी ५० का लगानीकर्ताले ५.१८ प्रतिशतले गुमाउँदा पञ्चकन्या माई हाइड्रोपावर ४.६१, कर्पोरेट डेभलपमेन्ट बैंक ३.९८, खानीखोला हाइड्रोपावर ३.९१ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.८३ प्रतिशतले गुमाए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
Raute leaders demand food and tent with chief minister Shahi
- 3 minutes ago

Surkhet. Nomadic Raute leader Dil Bahadur Shahi called on Chief Minister of the Karnali province government, Mahendra Bahadur Shahi.
सुनको भाउ बढ्यो
- 6 minutes ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो ।
Fire displaces 338 households in Fungling
- 7 minutes ago

March 3 Taplejung. Massive fire incidents have been recurring in Fungling bazaar of Taplejung over the years.
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।