शङ्कर लामिछाने प्रतिष्ठानबाट भैरवबहादुर थापा सम्मानित
- आइतबार, ६ चैत, २०७८
- 3 months ago
- साहित्य

काठमाडौँ। वरिष्ठ निबन्धकार शङ्कर लामिछानेको ९५ औँ जन्मजयन्ती समारोह उनको योगदानमाथि चर्चा गर्दै सम्पन्न भयो। शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नृत्यकारविद् तथा लेखक भैरवबहादुर थापालाई प्रतिष्ठानका तर्फबाट नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मान गरेका थिए।
समारोहमा मुरारी सिग्देलले भैरवबहादुर थापाको योगदानका विभिन्न पक्षबारे चर्चा गरेका थिए भने कोषाध्यक्ष पद्मावती सिंहले प्रतिष्ठानमार्फत शङ्कर लामिछानेको बारेमा गतिविधिहरू बढेको बताए।
कार्यक्रममा कुलपति उप्रेतीले शङ्कर लामिछाने नेपाली निबन्धको क्षेत्रमा बिर्सी नसक्नु गुन लगाएको बताउँदै प्रतिष्ठानको सक्रियताको प्रशंसा गरे।
कार्यक्रमको दोस्रो सत्रमा शङ्कर लामिछानेको निबन्धकार व्यक्तित्वका विभिन्न पक्षमा विभिन्न साहित्यकार एवं समालोचकहरूले विस्तृत चर्चा गरेका थिए।
सो परिचर्चा कार्यक्रममा समालोचक प्रमोद प्रधानले देवकोटा, शङ्कर लामिछाने लगायतबाट पोषित आत्मपरक निबन्धको फाँट पछिल्लो चरणमा कमजोर रहेको बताए। उनले भने, “अहिले लेखकको संख्या बढेको देखिन्छ, तर ‘स्रष्टा’ भने कम छन्।’
समालोचक प्रा। ज्ञानु अधिकारीले अहिलेका विद्यार्थीहरू पुराना पुस्ताका गहनकृतिहरूमाथि शोधप्रबन्ध लेख्न नमान्ने गरेको बताउँदै भने, “नयाँ पुस्तालाई उत्कृष्ट कृति पढ्नका लागि पठन–संस्कृतिको विकास अपरिहार्य रहेको छ, उनले शङ्कर लामिछानेको योगदानलाई कुनै पनि पुस्ताले बिर्सन नसक्ने धारणा राखे।
निबन्धकार युवराज नयाँघरेले शङ्कर लामिछानेको योगदान नेपाली साहित्यका विशिष्ट रहेको बताउँदै उनको निबन्धकार व्यक्तिबाट पछिल्लो पुस्ताका निबन्धकारहरू पनि प्रेरित र प्रभावित भएको धारणा राखे। उनले शङ्कर लामिछानेको निबन्धहरूमा आख्यान तत्व पनि पाइने पनि स्पष्ट पारे।
नियात्रा लेखक दामोदर पुडासैनी ‘किशोर’ले पछिल्ला पुस्ताका लेखकहरू शङ्कर लामिछानेको व्यक्तित्व र लेखन दुवैबाट अभिप्रेरित रहेको उल्लेख गरे। उनले शङ्कर लामिछानेजस्ता लेखकको सान्दर्भिकता कहिल्यै नसकिने बताए।
परिचर्चा कार्यक्रमका संयोजक साहित्यकार गोविन्द गिरी प्रेरणाले शङ्कर लामिछाने निबन्ध क्षेत्रका अतिरिक्त कथा, अन्तर्वार्ता, हाइकुलगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान रहेको र कहिल्यै बिर्सन नसकिने स्रष्टा भएको बताए।
कार्यक्रममा थाहा पुस्तकालयमा अध्यक्ष एवं गीतकार अस्मिता सुमार्गी र अनेसासका केन्द्रीय उपाध्यक्ष अमेरिका निवासी राजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो।
कार्यक्रममा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, प्राज्ञ माया ठकुरी, भागीरथी श्रेष्ठ, प्राडा सुरेन्द्र के.सी., नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, विमल भौकाजी, सुमन थापा सङ्गम, उपमा आचार्य, शङ्कर भारती, दिव्य गिरी, श्रीबाबु कार्की उदास, सविता ढुङ्गाना, संगीता शर्मालगायतको उपस्थिति थियो। यस्तै किशोर विश्वकर्मा, ज्योति दवाडी, शिव अधिकारी, कल्पना खरेल, संगीता शर्मा र सुशीला श्रेष्ठलगायतको पनि उपस्थिति थियो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त
- 8 minutes ago

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।
मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु
- 12 minutes ago

काठमाडौँ । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ। आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीताको आवदेन समेत खुल्ला भएको जनाएको हो।
बेँसीसहर–चामे सडक एक साता बन्द हुने
- 12 minutes ago

लमजुङ । बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।