Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियभीषण बाढीको चपेटामा चीन, बेइजिङमा २० जनाको मृत्यु, २७ जना बेपत्ता

भीषण बाढीको चपेटामा चीन, बेइजिङमा २० जनाको मृत्यु, २७ जना बेपत्ता


एजेन्सी । छिमेकी राष्ट्र चीन भीषण बाढीको चपेटामा परेको छ । अविरल वर्षाका कारण चीनका सडकहरु पानीले भरिएका छन् । बाढीको पानीले चिनियाँ रेलवे स्टेशनहरू समेत भरिएको छ। जसका कारण राजधानी बेइजिङलगायत अन्य स्थानमा रेल सञ्चालन रोकिएको छ ।

चीनको राजधानी बेइजिङ वरपरका क्षेत्रमा केही दिनदेखि परेको भीषण वर्षाका कारण आएको बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् ।

मिडिया रिपोर्टका अनुसार धेरै ठाउँमा बाढी यति भयावह थियो कि घर र सवारीसाधन पात झैं बगाएको थियो ।

चीनको सरकारी सञ्चारमाध्यमले मंगलबार सो जानकारी दिएको हो । राज्य प्रसारक सीसीटीभीले भारी वर्षाका कारण रेलवे स्टेशनहरू बन्द गर्नुपरेको र प्रभावितहरूलाई विद्यालयमा आश्रय दिइएको बताएको छ। बाढीको पानीले मानिसको घर भरिएको र सडकहरु बगेको उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु

काठमाडौँ । भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ । घटनामा अर्का एकजना भारतीयको पनि मृत्यु भएको

Techie IT