सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको निर्णयमा राष्ट्रपतिको असहमति
- आइतबार, १६ फागुन, २०७७
- 1 month ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । आर्मेनियाका राष्ट्रपतिले देशको सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको सिफारिसलाई अस्वीकार गरेका छन् ।
सेना प्रमुखलाई बर्खास्त गर्ने प्रधानमन्त्री निकोल पाशिन्यानको सिफारिसलाई राष्ट्रपति अर्मेन सर्गस्यानले शनिबार अस्वीकार गरेका हुन् ।
देशको संविधान, राष्ट्रिय सुरक्षा, स्थिरतालगायतलाई जोगाउनु राष्ट्रपतिको दायित्व भएकाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति सर्गस्यानले हस्ताक्षर नगरेका हुन्, राष्ट्रपति कार्यालयका एक अधिकारीले भनेका छन् ।
सुरक्षा निकायको बारेमा पनि राष्ट्रपतिको विशेष जिम्मेवारी हुने र त्यसलाई नकारात्मक असर पर्न नदिनेतर्फ राष्ट्रपति उभिनु उनको दायित्व भएको राष्ट्रपति निकटस्थहरुको भनाई छ ।
प्रधानमन्त्री पाशिन्यानले सेनाप्रमुख ओनिक गास्पार्यानसहित केही उच्च सैन्य अधिकारीहरुलाई अघिल्लो हप्ता बर्खास्त गर्न सिफारिस गरेका थिए ।
सेनाप्रमुख सहितका वरिष्ट सैन्य अधिकारीहरुले प्रधानमन्त्री पाशिन्यानले राजीनामा दिनुपर्ने माग गर्दै वक्तव्य जारी गरेका थिए । तर प्रधानमन्त्रीले सैनिक नेतृत्वबाट आएको वक्तव्यलाई “सैन्य कु” को संज्ञा दिएका थिए ।
आफूले सेनाप्रमुखलाई बर्खास्त गरेको उनले सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका थिए । सेनाले सरकारको अपेक्षा र हितभन्दा विपरीत गएर काम गरेको र चित्तबुझ्दो भूमिका नभएको उनको भनाई थियो ।
आर्मेनिया र अजरबैजानबीच लामो समयदेखि दुई पक्षीय द्वन्द्व चल्दै आएको छ । त्यसमा पनि सेनाप्रमुखले प्रभावकारी भूमिका खेल्न नसकेको प्रधानमन्त्रीको आरोप छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँमा मात्रै थप ९८७ जनामा कोरोना संक्रमण
- 42 minutes ago

काठमाडौँ । काठमाडौँमा थप ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ललितपुरमा १०६ जनामा र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौ
नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण
- 46 minutes ago

काठमाडौँ । नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआरबाट २३६५ र एन्टिजेनबाट ६३ गरी २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु
- 56 minutes ago

काठमाडौँ । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।