सेल्फी खिच्दा राम्रो फोटोे नआएपछि प्लाष्टिक सर्जरीको बाटो रोज्नेहरु...
- बुधबार, १३ भदौ, २०७५
- 2 years ago
- जीवनशैली
- अन्तर्राष्ट्रिय
- प्रबिधि

मोबाइल फोनको विस्तार र त्यसका फिचरमा आएको सुधारसँगै मानिसले सेल्फी लिने क्रम बढेको छ । सन् २०१६ मा गुगल फोटोले आफ्नो २ सय मिलियन प्रयोगकर्ताले एप्लिकेसनमा २४ बिलयन सेल्फी पोस्ट गरेको बताएको थियो । अगस्टसम्ममा इन्स्टाग्राममा सेल्फी ह्यासट्यागमा ३ सय ५५ मिलियन भन्दा बढी पोस्ट भएका छन् ।
स्मार्टफोनको फ्रन्ट–फेसिङ क्यामरा प्रयोग गरेर खिचिएका तस्बिरलाई मिलाएर पोस्ट गर्न मिल्छ, यसले गर्दा मानिस सकेसम्म आफूलाई अझै राम्रो बनाएर पोस्ट गर्न चाहन्छन् ।
सेल्फीमा राम्रो देखिनकै लागि प्लास्टिक सर्जरी गर्नेहरुको मात्रा बढेको तथ्यांकले देखाएको छ । गएको वर्षको प्रतिवेदनमा प्लास्टिक सर्जनलाई उनीहरुका क्लाइन्टले दिएको जानकारीअनुसार ५५ प्रतिशत भन्दाले सेल्फीमा राम्रो देखिनका लागि प्लास्टिक सर्जरी गराएका छन् ।
मेडिकल जर्नल जामाको पछिल्लो सम्पादकीयअनुसार अमेरिकाको बोस्टन युनिभर्सिटी स्कुल अफ मेडिसिन्स डम्र्याटोलोजी डिपार्टमेन्टको तथ्यांकमा मानिस प्लास्टिक सर्जनलाई ओठ ठूलो बनाउन, आँखा ठूलो बनाउन वा नाकलाई सानो बनाउन आग्रह गर्दै जाने गरेका छन् । उनीहरु आफूलाई फोटो विशेष गरी सेल्फीमा राम्रो देखाउन चाहन्छन् ।
यसलाई स्नापच्याट डिस्मोफिया भन्ने गरिएको छ । पहिलोपटक सन् २०१५ मा थाहा भएको स्नापच्याट डिस्मोफिया पछिल्लो समय तीव्र गतिमा बढ्दै गएको छ । यसले गर्दा प्लास्टिक सर्जनलाई चुनौती थपिएको छ ।
सेल्फीमा राम्रो देखिनकै लागि प्लास्टिक सर्जरी गराउनेमा २० देखि ४० वर्ष उमेरका धेरै रहेको अनुसन्धानमा संलग्न बोस्टन विश्वविद्यालयको कस्मेटिक एन्ड लेजर सेन्टरकी निर्देशक डा। नीलनम वाशीले बताइन् ।
डा। वाशी भन्छिन्, ‘आफू राम्रो देखिन चाहनु जीवनको सामान्य र प्राकृतिक पक्ष हो । तर सामाजिक सञ्जालले पछिल्लो समय सुन्दरताको असामान्य अवधारणालाई बढाएको छ ।’
अमेरिकन एकेडेमी अफ फेसिअल प्लास्टिक एन्ड रिकन्स्ट्रक्टिभ सर्जरीको तथ्यांकअनुसार प्लास्टिक सर्जरी गराउनेमा धेरै ३० वर्षभन्दा मुनिका छन् र त्यसमा पनि ८० प्रतिशतभन्दा बढी आफ्नो लुक्सलाई राम्रो बनाउनकै लागि आउने छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मंगलबार ४ हजार १२७ स्वाब परीक्षण
- 15 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार १२७ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा थप ७८ जनामा कोरोना पुष्टि
- 17 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य
'ओलीलाई नेकपाले मात्र हटाउनसक्छ, अरुले सक्दैनन् '
- 32 minutes ago

धनगढी । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताएका छन् ।
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।