स्कटल्याण्डमा काशीराम समुहले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी

  • शुक्रबार, ८ साउन, २०७८
  • 2 months ago
  • युके

स्कटल्याण्ड। एनआरएनए स्कटल्याण्डको निर्वाचनको प्रचार प्रसारको क्रममा काशीराम भण्डारी अध्यक्ष उम्मेदवार  रहेको समुहले आचारसंहिता उल्लंघन  गरी   प्यानल बनाएर घरघरमा मत मागेको र सामाजिक सञ्जालमा समेत प्रचारप्रसार गरेको भन्दै बिहीबार  एनआरएनए यूके निर्वाचन समितिमा उजुरी परेको छ। 

 

एनआरएनए यूकेको निर्वाचन आचारसंहितामा  कुनै समूह वा प्यानल बनाई समूहगत रुपमा मतको लागि आह्वान गर्न वा प्रचारप्रसार गर्न पाइने छैन  भन्ने उल्लेख  भएकोमा  प्यानल बनाएर प्रचार प्रसार गर्ने कार्य नियम विपरीत  भएको उजुरीमा उल्लेख छ।

 

एनआरएनए स्कटल्याण्ड सहसचिव उमेदवार प्रकाश अर्यालले दिनु भएको उजुरीमा आचारसंहिता उल्लंघन गर्ने सम्पूर्ण उम्मेदवारको उम्मेदवारी खारेज गर्न माग गरिएको छ।  

 

उजुरीमा  उक्त समुहले प्यानल बनाई मत मागिएका सामग्रीहरु प्रमाणको रुपमा पेश गरिएको छ।  एनआरएनएका अध्यक्ष  कुमार  पन्तले राष्ट्रिय समन्वय समितिहरुलाई यहि १२ जुलाईमा पठाउनु भएको  परिपत्रमा  राजनीति दलको समूह बनाएर समूहगत रुपमा  निर्वाचन गतिविधि  गरेमा अन्तररास्ट्रिय समन्वय परिषदले मान्यता नदिने उल्लेख छ।  

 

उक्त उजुरी अन्तररास्ट्रिय समन्वय परिषदका  अध्यक्ष कुमार पन्त र महासचिव डा  हेमराज शर्मालाई समेत बोधार्थ गरिएको छ।  


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुमेरु हस्पिटललाई कारबाही

  • 4 hours ago
सुमेरु हस्पिटललाई कारबाही

काठमाडौँ । ललितपुरस्थित सुमेरु अस्पताललाई कारबाही गरिएको छ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिएको भन्दै कारबाही गरिएको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनु

ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

  • 4 hours ago
ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा भएको दाबी गरेका छन्। आइतबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । ओलीले एमालेले स

नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

  • 4 hours ago
नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

कैलाली । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।