स्कटल्याण्डको आबर्डिनमा लकडाउन, नेपालीहरु सुरक्षित

स्कटल्याण्ड । स्कटल्याण्डको आबर्डिन सहरमा पबमा गएका युवाहरुबाट कोरोनाको संक्रमण फैलिएपछि  लकडाउन गरिएको छ । आबर्डिनमा करिब पाँच सय भन्दा बढी नेपालीहरु रहेपनि स्थानीय नेपाली समुदाय अहिले कोरोना संक्रमणबाट सुरक्षित रहेका छन्।  आबर्डिनमा क्रियाशील नेपाली संस्था अर्गनाइजेसन फोर नेप्लिज कल्चर एण्ड वेलफेयरका ट्रष्टी दिपेश रेग्मी अहिले आबर्डिनमा नेपाली समुदायमा नदेखिएको बताए ।

 

यस अघिको लकडाउनमा  केहि नेपालीहरुलाई कोरोना संक्रमण भए पनि अहिले सबैजना संक्रमणरहित  रहनु भएको रेग्मीले बताए । स्थानीय पबहरुबाट फैलिएको संक्रमणको कारण १०१ जनालाई कोरोना देखिएको र  कोरोना संक्रमितहरुसंग सम्पर्क आएका ३१३ जना को ट्रयाक भएको एनएचएस ग्रामपियन जनाएको छ।  

 

संक्रमित हुनेहरुमा अधिकांस युवाहरु रहेका छन्।  यस्तै स्कटिस प्रिमियर खेल्ने क्लब आबर्डिन फुटबल क्लबका पब गएका ८ खेलाडीमध्ये २ जनामा कोरोना संक्रमण देखिएको छ भने अन्य ६ खेलाडीहरु आइसोलेशनमा रहेका छन् । ८ मुख्य खेलाडीहरुमा  संक्रमणको प्रभाव  देखिएको कारण आबर्डिन फुटबल क्लबले स्कटिस प्रिमियरसिपमा खेल्ने खेलहरु स्थगित भएको छ।  

 

आबर्डिनका एनआरएनए स्कटल्याण्ड सदस्य बिदुर खत्री आबर्डिनका नेपाली समुदाय सचेत रहेकोले पहिले पनि कोरोनको संक्रमणकोअसर कम देखिएको र फेरी लकडाउन भएको कारण बढी सतर्कता अपनाउनु पर्ने  बताए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज वामदेव गौतमविरुद्ध परेको रिटमाथि बहस हुँदै

  • 6 minutes ago
आज वामदेव गौतमविरुद्ध परेको रिटमाथि बहस हुँदै

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटमाथि आज बहस हुँदैछ । गौतमलाई मन्त्रिपरिषद्ले राष्ट्रिय सभामा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

आज पनि बढ्यो सुनचाँदीको भाउ

  • 19 minutes ago
आज पनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौँ । आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाला सुन तोलाको ९४ हजार ७०० रुपैयाँ तथा तेजाबी सुन

ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

  • 34 minutes ago
ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

काठमाडौँ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द भएका छन् । कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको भन्दै सम्पूर्ण सेवाहरु बन्द गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अर्क



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।