यस्तो देश जहाँ छात्रवृत्ति पाउन कुमारित्व परीक्षण गरिन्छ
- शुक्रबार, ९ कार्तिक, २०७५
- 3 years ago
- विचित्र विश्व

एजेन्सी । दुनियाँभर छात्रवृत्तिका लागि एउटा सर्वमान्य मान्यता छ, विद्यार्थी गरिब तथा जेहेन्दार हुनुपर्छ । तर, कतिपय अवस्थामा पहुँच र शक्तिका आधारमा अरुले पनि छात्रवृत्तिको अवसर भोग गर्छन ।
तर, यही दुनियाँमा एउटा यस्तो देश पनि छ जहाँ विद्यार्थी गरिव र जेहेन्दार भएर मात्रै छात्रवृत्ति पाउँदैन । कुनै राजनीतिक शक्ति र पहुँचले पनि कुनै काम गर्दैन । उक्त देशमा विशेषगरी छात्राहरुले छात्रवृत्ति पाउनको लागि आफू भर्जिन रहेको प्रमाण पेश गर्नुपर्छ । अथवा, विद्यार्थीको कुमारित्व कायम रहेको हुनुपर्छ ।
दक्षिण अफ्रिकाको उथुकेला सहरमा विद्यार्थी किशोरी तथा युवतीहरुलाई छात्रवृत्ति पाउनका लागि आफ्नो कुमारित्व परीक्षण गराउन पर्छ । विद्यार्थी जुनसुकै उमेरको भए पनि यस्तो परिक्षण अनिवार्य गरिएको छ ।
कुमारित्व परीक्षणका क्रममा कौमार्य भंग भएको अर्थात् यौन सम्पर्क राखेको प्रमाणित भएका छात्राहरु छात्रवृत्ति पाउने सूचिबाट बाहिरिन्छन् ।
उथुकेला सहरका मेयरले स्कुल तथा कलेजमा पढ्ने भर्जिन छात्राहरुलाई मात्रै छात्रवृत्ति दिने घोषणा गरेका हुन । छात्रवृत्ति पाइसकेपछि रकम भुक्तान हुने सिलसिलामा गरिने पुनः परीक्षणका क्रममा कुमारित्व गुमाएको पाइएको अवस्थामा पनि छात्रवृत्ति रकम फिर्ता लिइन्छ ।
कतिपयले भने छात्रवृत्तिका लागि छात्राहरुको कुमारित्व परीक्षण गर्ने कार्यले व्यक्तिको गोपनियता हनन गर्ने तथा किशोरीहरुलाई निरास तथा लज्जित बनाउने भन्दै विरोध गरेका छन् ।
वास्तवमा छात्राहरुमा एचआइभी एड्सको संक्रमणको जोखिम कम गर्न कम उमेरमा असुरक्षित यौन सम्पर्कलाई निरुत्साहित गर्नका लागि नगर प्रशासनले यस्तो छात्रवृत्ति नीति ल्याएको बताएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित
- 5 minutes ago

काठमाडौँ। प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। आज बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर १ बजेसम्मको लागि स्थगित भएको हो।
फिल्म ‘गुञ्जन’ पुस २९ रिलिज हुने
- 13 minutes ago
काठमाडौँ। फिल्म ‘गुञ्जन’ आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले फिल्म बितरकका लागि काठमाडौंमा जीजीए ग्रुप र काठमाडौँ बाहिर एफडी कम्पनीसम्म सम्झौता गर्दै फिल्मको रिलिज मिति तय गरेक
पाकिस्तानमा भिषण बाढी र पहिरो, २५ जनाको मृत्यु
- 18 minutes ago

एजेन्सी । पाकिस्तानमा भिषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोबाट
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।