प्रतिनिधिसभा विघटन: आकर्षित होला आवश्यकताको सिद्धान्त !
- आइतबार, ११ माघ, २०७७
- 1 month ago
- राजनीति

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। अदालतमा भइरहेको बहसमा वकिलहरूले विघटन असंवैधानिक कदम भएको तर्क गरिरहेका छन्। दलका नेता, नागरिक समाज सबैले सडकमा प्रतिनिधिसभा विघटनको विरोध गरिरहेका छन्। अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका एक दर्जनभन्दा बढी निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेर सुनुवाइ जारी राखेको छ।
सुनुवाइका क्रममा प्रधानन्यायाधीश र न्यायाधीशहरूले वकिलहरूलाई सोधेको प्रश्न राजनीतिक छ। वरिष्ठ वकिलहरूले राजनीतिक प्रश्नको कानुनी जवाफ दिइरहेका छन्। अदालतमा सुनुवाइ अझै केही समय लम्बिनेछ। अदालतले अन्तर्राष्ट्रिय अभ्यासबमोजिम फैसला गर्दा कानुनको मूल अभिप्राय वा आवश्यकताको सिद्धान्तमध्ये एकमा टेकेर गर्नुपर्ने हुन्छ।
अहिलेको अवस्थामा अदालतले कानुनी आधारमा टेकेर फैसला गर्दा प्रतिनिधिसभा स्वतः पुनस्र्थापना हुने देखिन्छ। तर परिस्थिति निकै अप्ठ्यारो देखिएकाले अदालतले कतै आवश्यकताको सिद्धान्त त प्रयोग गर्दैन भन्ने प्रश्न पनि खडा भइरहेको छ। यस्तै अप्ठ्यारो परिस्थितिमा पाकिस्तानमा संविधानसभा भंग हुँदा अदालतले त्यसलाई सदर गरेको थियो। पहिलो पटक २४ अक्टोबर १९५४ मा पाकिस्तानका गभर्नर जनरल गुलाम मोहम्मदले संविधानसभा भंग गरेपछि त्यस कदमलाई अदालतले आवश्यकताको सिद्धान्तका आधारमा सदर गरेको थियो। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसका क्रममा न्यायाधीशले सोधेका प्रश्नको आधारमा हेर्दा फैसला राजनीतिक प्रकृतिको हुने देखिन्छ तर राजनीतिक प्रकृतिको फैसला संविधानमा नै टेकेर हुन्छ वा आवश्यकताको आधारमा हुन्छ, त्यसमा अन्योल देखिन्छ। यो जानकारी नागरिक दैनिकबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बर्नली र आर्सनलबीचको खेल बराबरीमा सकियो
- 6 hours ago

एजेन्सी । शनिबार साँझ भएको प्रिमियर लिगमा आर्सनलले बर्नलीसँग एकएक गोलको बराबरी खेल खेलेको छ । बर्नलीको घरेलु मैदानमा भएका खेलमा आर्सनलले एक एक गोलको बराबरी खेल खेलेको हो ।
पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल
- 7 hours ago

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार यहाँ संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासक
उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन
- 7 hours ago

एजेन्सी । उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् ।
पर्यटन
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।
जीवनशैली
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।
विचित्र विश्व
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।