एउटा अजबगजबको होटल !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।

 

होटल ‘अब्राज कुदाइ’ लाई मक्काको मध्य भाग स्थित ‘मनोफिआ’ ठाउँमा बनाउन लागिएको छ । मरभुमिको अस्तित्वलाई दसाउँदै ४५ तलाको यो होटले साउदी अरबको सान बढाउनेमा सहयोग पुग्ने बताइएको छ । यो होटलमा करिब १०,००० वटा कोठा, ७० वटा रेष्टुरेन्ट, एउटा महल, एउटा ठुलो प्रार्थना हल, एउटा अण्डर ग्राउण्ड पार्किङ रहेको यो होटल बनाउन ३५० करोड रुपैयाँ खर्च लाग्नेछ । 

 

यसका लागि साउदी अरबको सरकारको अर्थ मन्त्रालयद्वारा फण्ड पनि पारित भइसकेको छ । यसको संरचनालाई एउटा काटीको स्वरुप दिइएको छ । झट्ट हेर्दा गुम्बा जस्तो देखिने यो बिल्डिङको संरचनामा चौतर्फीबाट अग्लो टावरद्वारा घेरिनेछ । यो विशाल होटल २३,५०० गज क्षेत्रमा बनाइनेछ जसमा ४५ तला र १२ वटा सानदार भवनहरु निर्माण गरिनेछ । 

 

‘अब्राज कुदई’ नामको यस होटलको डिजाइन ‘दार अल–हंदाशाह’ ले डिजाइन गरेका हुन् । यस कोठाको इन्टेरियर डिजाइनका लागि लण्डनको कम्पनी ‘अरीन हस्पिट्यालिटी’ लाई दिइएको छ ।

 

यस होटलको दुईवटा टावरलाई पुर्ण रुपमा ५ स्टार बनाइनेछ बाँकी बचेका १० वटा टावरमा ४ स्टारको सुविधा दिइनेछ । यो मुस्लिमहरुको पवित्र स्थल नजिकको ठाउँमा निर्माण गर्न लागिएको हो । यहाँ आउने मानिसलाई सहज होस् भनेर ग्राउण्ड फ्लोरमा कमर्शियल राखिएको छ । 

 

अत्याधुनिक टेक्नोलोजिको प्रयोग गरेर यस होटलमा चार वटा टावरमा हेलिकप्टरका लागि हेलिप्याड बनाइएको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी

  • 3 hours ago
गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारीको अवस्थाबारे आज जानकारी लिएका छन् । सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको

आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए पार्टी एक हुनसक्छ: मन्त्री श्रेष्ठ

  • 3 hours ago
आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए पार्टी एक हुनसक्छ: मन्त्री श्रेष्ठ

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले पार्टीमा दर्ता गराइएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए अझै पार्टी एक हुनसक्ने बताएका

'तपाईहरुको सपना पूरा गर्ने सरकार यही छ, दायाँबायाँ भएको छैन'

  • 3 hours ago
'तपाईहरुको सपना पूरा गर्ने सरकार यही छ, दायाँबायाँ भएको छैन'

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गलत भएको बताएका छन् । प्रधानमन्



पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।

विचित्र विश्व

बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।