उरुग्वेलाई हराएर जितको खडेरी टार्ला त साउदी अरेबियाले ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौं । विश्वकपको समूह चरणको दोस्रो खेलमा आज दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र एशियाली राष्ट्र साउदी अरेबिया भिड्दैछन् । समूह ‘ए’ को टोली उरुग्वेले यसअघिको खेलमा इजिप्टलाई पराजित गरेर ३ अंक जोडिसकेको छ भने साउदी अंकबिहिन अवस्थामा छ । साउदीलाई यसअघिको खेलमा आयोजक राष्ट्र रसियाले ५–० गोल अन्तरले हराएको थियो । यहाँ हामीले उरुग्वे र साउदी अरेबियाबीचको केही तथ्यहरु प्रस्तुत गरेका छौं । 

 

उरुग्वे र साउदीबीचको खेल विश्वकपमा पहिलो पटक हुन लागेको हो । यसअघि साउदीको घरेलु मैदानमा भएको मैत्रिपूर्ण खेलमा यी दुई राष्ट्र दुबै पटक बराबरीमा रोकिएका थिए । 

 

साउदीको यो १५ औं विश्वकपको खेल हो । हालसम्म साउदीले विश्वकपमा दक्षिण अमेरिकन देशसँग प्रतिस्पर्धा गरेको छैन । 

 

उरुग्वेले एशियन राष्ट्रसँग खेलेको तीन वटै खेलमा जित हासिल गरेको छ । सन् १९७० मा भएको विश्वकपमा उरुग्वेले इजरायललाई ५–० गोलले पराजित गरेको थियो । 

 

साउदीले खेलेको अन्तिम ३ विश्वकपमा समूह चरण पार गर्न सकेको छैन । ती विश्वकपमा साउदी समूहको सबैभन्दा तल रहेको थियो । साउदीको सबैभन्दा राम्रो विश्वकप सन् १९९४ मा रहेको थियो । उक्त विश्वकपको अन्तिम १६ मा स्विेडेनले साउदीलाई घर पठाएको थियो । 

 

साउदी अरेबियाले खेलेको अन्तिम ११ विश्वकपमध्ये कुनैमा पनि जित निकाल्न सकेको छैन । साउदीले ९ खेलमा हार तथा २ खेलमा बराबरी खेलको हो । 

 

खेल रोस्तोभ रंगशालमा बेलुकी ८ः४५ बजे सुरु हुनेछ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 20 minutes ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

  • 46 minutes ago
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।

मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्

  • 1 hour ago
मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फवार्डद्धय अर्जेन्टिनी स्टार लियोनेल मेसी र ब्राजिलीयन स्टार नेयमारले यस वर्षको बालोन डि’ओरको मनोनयनमा स्थान बनाउन असफल भएका छन् ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।