साउदी अरबकाे रक्षा मन्त्रालयलार्इ लक्षित गर्दै मिसाइल प्रहार

सांकेतिक तस्वीर

रियाद । यमनका हूथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा आइतवार राति ब्यालेस्टिक मिसाइल प्रहार गरेका छन् । साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेनाका अनुसार विद्रोहीले दुई ब्यालिस्टिक मिसाइल प्रहार गरेका हुन् ।

 

साउदी अरबको समाचार एजेन्सी एसपीएका अनुसार यो हमला स्थानीय समयानुसार गएराति ८ बजेर ३९ मिनेटमा भएको हो । दुवै मिसाइललाई हावामै ध्वस्त बनाइएको पनि समाचारमा जनाइएको छ ।

 

मिसाइललाई हावामै ध्वस्त बनाइएको कारण यस हमलामा कुनै हताहती भएको छैन । तर स्थानीय मिडियाका अनुसार रियादमा कमसेकम ६ शक्तिशाली धमाका भएका थिए । आकाशमा उज्यालो पनि देखिएको थियो । विस्फोटपछि सहरमा धुवाँ फैलिएको थियो ।  

 

हूथी विद्रोहीको समाचार च्यालन अल–मसिराले भने यी हमलाबाट रियादमा ठुलो क्षति भएको जनाएको छ । मिसाइलले साउदी अरबको रक्षा मन्त्रालय र अन्य सरकारी कार्यालयमा निशाना बनाएको थियो । तर रियाद नेतृत्वको गठबन्धन सेनाले यस कुरालाई गलत बताएको छ । 

 

यसअघि सन् २०१५ मा यमनमा सिया हूथी विद्रोही र राष्ट्रपति अबेद्राबो मन्सुर हादीको सरकारबीच लडाइँ चलिरहेको छ। हूथी विद्रोही हादी सरकारलाई बर्खास्त गेर देशमा कब्जा गर्न चाहन्छ । 

 

हुथीविरुद्ध साउदी सरकारले यमनको सेनालाई साथ दिइरहेको कारण साउदीमाथि हूथीले हमला गर्दै आइरहेको छ । हूथी विद्रोहीहरुलाई इरानले साथ दिइरहेको आरोप साउदी अरबले लगाउँदै आएको छ। उता इरानले भने यो कुरालाई खारेज गर्दै आएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 38 minutes ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 44 minutes ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 47 minutes ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।