आदित्य नारायण झाको पीडाः हुनेवाला सासु ससुराले के सोचे होलान् ?

एजेन्सी । चर्चित सिंगर तथा अभिनेता आदित्य नारायण पछिल्लो समय प्रेमिका श्वेता अग्रवालसँगको विवाह गर्ने खबरका कारण चर्चामा रहेका छन् । केही दिन अगाडि उनी कंगाल भएको र उनको एकाउन्टमा जम्मा १८ हजार मात्र रहेको खबर बाहिर आएको थियो । अब उक्त खबरप्रति आदित्यले सफाइ दिएका छन् । 

 

एक अन्तर्वार्तामा उनले भनेका थिए, 'लकडाउन भएदेखि मैले काम पाएको छैन । मेरो आर्थिक अवस्था कमजोर भएको छ ।' रिपोर्टमा यो पनि भनिएको थियो कि उनको बचत सबै सकिएको र म्युचल फण्डको पैसा पनि लकडाउनमा खर्च भएको खबर बाहिर आएको थियो । 

 

अब भने अर्को वेवसाइटमा प्रकाशित एक अन्तर्वार्तामा उनले सफाइ दिएका छन् । उनले आफ्नो बचत गरेको पैसाबारे पनि उनले प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, 'मैले सामान्य तरिकाले भनेको थिए कि मैले नयाँ अपार्टमेन्ट लकडाउन अगाडि किनेको थियो । मलाई आफ्नो इएमआईबारे सोच्नुपर्ने भएको बताएको थिए । यदी महामारी लामो समय रहिरहे मैले केही सोच्नै पर्ने अवस्था आउने बताएको थिए ।' 

 

उनले भनेका छन्, 'मैले सामान्य तरिकाले भनेको थिए कि मेरो ५ लाख खर्च भएको छ । इएमआई र अन्य कुरामा खर्च भएको छ र हाल जम्मा १८ हजार रहेको भनेको थिए । तर, मैले म कंगाल भएको चाँहि भनेको थिइन । यसलाई अनर्थ लगाइयो ।' 

 

'दुई दशकदेखि लगातार मैले काम गरिरहेको छु । म कसरी कंगाल हुनसक्छु ।', उनले भने । 

 

उनले मजाक गर्दै भने, 'लौन मेरा हुनेवाला सासु ससुराले के सोच होलान् । अब मलाई विवाहमा धेरै गिफ्ट पनि मिल्ने छैन '। 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पोखरामा थप १९ जनामा कोरोना संक्रमण

  • 8 minutes ago
पोखरामा थप १९ जनामा कोरोना संक्रमण

पोखरा । पोखरामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार लाईफ केयर प्रालिमा गरिएको परिक्षणमा पोखरामा थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

  • 27 minutes ago
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

  • 34 minutes ago
चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

काठमाडौं । चिसो मौसमको सिजन रहेको छ । चिसोबाट बच्न हामी विभिन्न उपायहरु अपनाउनुपर्छ । तर, चिसोबाट बच्न हामीले अपनाएका सबै उपायहरु हाम्रो जीवनका लागि फलदायि नै हुन्छन् भन्ने छैन ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

काठमाडौं । चिसो मौसमको सिजन रहेको छ । चिसोबाट बच्न हामी विभिन्न उपायहरु अपनाउनुपर्छ । तर, चिसोबाट बच्न हामीले अपनाएका सबै उपायहरु हाम्रो जीवनका लागि फलदायि नै हुन्छन् भन्ने छैन ।