भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”

उम्मेदवारी दर्ताका लागि ५० जना प्रस्तावक चाहिनेमा सबै प्रस्तावकको तयारी भइसकेको पनि उनले जानकारी दिए । उनी अध्यक्षमा निर्वाचित भए भने भारतीय राष्ट्रिय काँग्रेसमा २५ वर्षपछि मात्रै गान्धि परिवारभन्दा वाहिरको व्यक्ति अध्यक्ष हुनेछ । यसअघि सन् १९९६ मा सिताराम केसरी गान्धी परिवारभन्दा वाहिरको नेता काँग्रेसको अध्यक्ष भएका थिए ।  उनले शरद पवार र राजेश पिलोटलाई पराजित गरेका थिए । त्यसपछिको निर्वाचनमा भने सन् १९९८ मा जितेन्द्र प्रसादलाई सोनिया गान्धीले अध्यक्षमा पराजित गरेका थिए । 

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष मधुसुदन मिस्त्रीले पार्टी केन्द्रीय कार्यालयमै उम्मेदवारी दर्ता फाराम उपलब्ध हुने जानकारी दिए ।  भारतीय राष्ट्रिय काँग्रेसलाई लामो समयदेखि अन्तरिम अध्यक्षले सञ्चालन गर्दै आएका छन् । गत आम निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले हारको जिम्मेवारी लिदैँ नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए । 

उनको राजीनामा लामो समयसम्म अस्विकृत गर्दै उनलाई नै अध्यक्षको जिम्मेवारी सम्हाल्न आग्रह गरिएको थियो । तर जति आग्रह गर्दा पनि उनले नमानेपछि उनकै आम तथा पूर्व अध्यक्ष सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ । 

अब हुने महाधिवेशनबाट पनि राहुला गान्धीलाई नै अध्यक्ष बनाउनु पर्ने पक्षमा उभिदै आएका नेताहरुको सङ्ख्या धेरै छ । तर उनको वारेमा स्पष्ट निर्णय भइनसकेको बेला थारुरले उम्मेदवारी दिने तयारी गरेका हुन् । 

पार्टीभित्रको आन्तरिक विवाद र अन्यौलताका बीच लामो समयपछि भारतीय काँग्रेसले नयाँ नेतृत्व पाउने भएको छ ।  

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 1 hour ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 1 hour ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।