सर्लाही जिप्रकाबाट एकै दिनमा नागरिकता

Norvic Hospital
  • मंगलबार, १२ असोज, २०७८
  • 3 weeks ago
  • नेपाल

सर्लाही । जिल्ला प्रशासन कार्यालयले चालु आवको दुई महिनामा छ हजार २३९ जनालाई  नागरिकताको प्रमाणपत्र दिएको छ । भरखरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले कर्माचारीको  अभावमा पनि नागरिकता बनाउन आउनेले सास्ती बेहोर्नु पर्ने बाध्यता हटाउँदै एकै दिनमा नागरिकता लिएर फर्किन पाउने व्यवस्था गरेकाले  नागरिकता बनाउनेहरुको सङ्ख्या वृद्धि भएको हो। 

 

कार्यालयमा आउनेहरुले विचौलियाको चङ्गुलमा पर्नाका साथै  अत्यधिक भीडभाडका कारण नागरिकता तथा राहदानी लिन समस्या भएको गुनासो गरेकाले  प्रजिअ महतोले कर्माचारीको अभावमा पनि नागरिकता लिन आउनेलाई एकै दिनमा नागरिकता दिएर पठाउने गरी कार्य सम्पादन गरेको सहायक प्रजिअ भूमेश्वर पोख्रेलले बताए ।

 

प्रजिअ महतोले कोरोना महामारीका कारण जारी निषेधाज्ञाले लामो समयसम्म कार्यालयको काम ठप्प हुँदा अहिले सेवा लिनेको भीड एक्कासि बढेको जानकारी दिए  । एसइईको परीक्षाफल आइसकेको र त्यसपछि  उच्च शिक्षा हासिल गर्न नागरिकताको आवश्यक पर्ने भएकाले पनि भीड बढेको हो । भीडलाई कम गर्न प्रक्रिया पुगेर आएको कागजात दर्ता भए  एकै दिनमा नागरिकता लिएर जान पाउने व्यवस्था गरिएको उनको भनाइ थियोे ।

 

नागरिकताका साथै कार्यालयबाट प्रदान गरिने अन्य सेवाका लागि सेवाग्राहीहरु आउने गरेकाले पनि भीड बढेको प्रजिअ महतोले जानकारी गराए । जिल्लामा अहिले राष्ट्रिय परिचयपत्र बनाउने अभियान चलिरहेको छ । उक्त परिचयपत्रका लागि नागरिकता अनिवार्य चाहिने र  नागरिकतामा पनि बुझिने गरी स्पष्ट रुपमा विवरण उल्लेख भएको हुनुपर्ने भएकाले पुराना नागरिकता हटाएर प्रतिलिपि लिन पनि नागरिकहरु आउने गरेका कार्यालयले जनाएको छ ।

 

यसैबीच निर्वाचन आयोगले यतिबेला चलाइरहेको मतदाता परिचयपत्र अभियानमा मतदाता परिचयपत्रका लागि नागरिकताको आवश्यकता पर्नाका साथै दुबै  काम एकैसाथ चलिरहेकाले पनि नागरिकताको परिचयपत्र लिन आउनेहरुको भीड बढेको प्रजिअ महतोले स्पष्ट पारे । सेवाग्राहीको चाप कम गर्न कार्यालयको समयबाहेक अतिरिक्त समयमा पनि काम गरिरहेको  र आफूहरु सेवाग्राहीलाई नागरिकता दिएरै पठाउने प्रयासमा लागेको उनको भनाइ थियो।

 

कार्यालयले आर्थिक वर्ष २०७६÷७७, २०७७÷७८ र २०७८÷७९ मा २७ हजार ४९२ जनालाई नागरिकता उपलब्ध गराएकामा  २०७६÷७७ मा आठ हजार ८०८ नयाँ र ५५२ प्रतिलिपि  २०७७÷७८ मा १० हजार १० नयाँ र एक हजार ८८३ प्रतिलिपि उपलब्ध गराएको थियो ।   आव २०७८÷७९ को यो दुई महिनामा (साउनमा एक हजार ३८५ नयाँ र ७७५ प्रतिलिपि तथा भदौमा तीन हजार १०३ नयाँ र ९९४ प्रतिलिपि गरी) कूल छ हजार २३९ जनालाई नागरिकता उपलब्ध गराइएकोे प्रजिअ महतोले जानकारी दिए ।  अघिल्ला तीन वर्षको तुलनामा २०७८÷७९ को साउन र भदौमा धेरै नागरिकता वितरण गरिएको छ । कार्यालय परिसरमा आइसकेका सेवाग्राहीलाई खाली हात नफर्काउने प्रयासमा आफूहरु लागिपरेको र सो अनुसार काम पनि गरिरहेको प्रजिअ महतोको भनाइ थियो ।

 

यसअघि नागरिकता लिनका लागि १० दिनसम्म धाउनुपर्ने अवस्था थियो भने कुपन प्रणालीबाट नागरिकता वितरण गरिँदा दुई महिनामा पनि नागरिकता नपाएको नागरिकको गुनासो बढेकाले अहिले कुपन प्रणाली हटाइएको र आवश्यक प्रक्रिया पु¥याएर आउनेले एकै दिनमा नागरिकता लिएर फर्किन पाउँदा सेवाग्राही खशी भएका छन् । प्रतिलिपिका लागि आवेदन दिएका केही सेवाग्राहीको अभिलेख नभेटिएकाले खोजी  जारी रहेको र यसलाई छिट्टै व्यवस्थापन गरिने उनले बताए ।

 

सेवा लिन आउँदा कुनै किसिमको असन्तुष्टि, गुनासो, रकम लेनदेन र विचौलियको हस्तक्षेप भए  सिधै आफूसँग सम्पर्क गरेर जानकारी गराउन प्रजिअ महतोले सेवाग्राहीसँग आग्रह गर्दै  त्यस्ता व्यक्तिलाई हदैसम्मको कारबाही गरिने जानकारी दिए ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

  • 5 hours ago
बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

लण्डन । बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंह बीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।

विकास मेराग्लिया च्यासलमा आवद्ध

  • 5 hours ago
विकास मेराग्लिया च्यासलमा आवद्ध

काठमाडौँ । इटालीमा फुटबल खेल्दै आएका विकास मेराग्लिया ए डिभिजन क्लब च्यासल युथ क्लबमा आवद्ध भएका छन्। नेपाली मूलका विकासलाई च्यासलले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आबद्ध गरेको हो।

Foreign video clips circulating on TikTok as Nepal floods

  • 5 hours ago
Foreign video clips circulating on TikTok as Nepal floods

With the video-sharing app TikTok hitting 1 billion monthly active users globally, misuse of the platform to spread lies and misinformation has also increased. After freak rains earlier this week wrea



पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।