'तपाईहरुको सपना पूरा गर्ने सरकार यही छ, दायाँबायाँ भएको छैन'
- बुधबार, १४ माघ, २०७७
- 1 month ago
- राजनीति

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गलत भएको बताएका छन् । प्रधानमन्त्री समृद्धिको बाटोमा अघि बढेको र राष्ट्रिय हितमा निरन्तर लागि परेको उनले दावी गरे ।
गृह जिल्ला आउनुभएका मुख्यमन्त्री गुरुङले नेकपा राइनाश नगर कमिटीद्वारा नगरको वडा नं ५ तीनपिप्लेमा आज आयोजित नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा मुख्यमन्त्री गुरुङले भने, “ओली नेतृत्वको सरकारले वर्षौं वर्षसम्मको मिचेको देशको भू–भागसहितको नयाँ नक्सा बनाउने काम, भारतले लगाएको नाकाबन्दीमा देशलाई झुक्न नदिने, समृद्ध नेपाल निर्माणमा विभिन्न विकासका काम गर्न सफल भएको छ ।
आज समाजवादउन्मुख जनताको जनवादलाई आफ्नो निर्माणको, समृद्ध अभियानको सैद्धान्तिक, वैचारिक आधार मानेर काम गरिरहेको सरकार प्रगतिशील भएको मुख्यमन्त्री गुरुङको दावी छ । उनले भने, “तपाईहरुको सपना पूरा गर्ने सरकार यही छ, दायाँबायाँ भएको छैन ।” मुख्यमन्त्री गुरुङले गरीब दिनदुःखीको पक्षमा रहेको सरकार गिराउनेविरुद्ध लाग्न आग्रह गरे ।
नेकपाका गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारी, केन्द्रीय नेता तथा संविधानसभा सदस्य टुका हमाल, डा भीष्मनाथ अधिकारीलगायतले मुलुकको विकास गर्ने ओली नेतृत्वको कम्युनिष्ट सरकार रहेकाले सबै यही समूहमा लागेर देशलाई सङ्कटमुक्त बनाउनुपर्नेमा जोड दिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आगलागीपीडित परिवारलाई अपुग सहायता केन्द्र र प्रदेशसँग मागिने
- 1 minute ago

ताप्लेजुङ । मेरिङन गाउँपालिका, दोभान बजारका आगलागीपीडित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ । जिल्ला विपद् व्यवस्थाप
दोभान बजारका आगलागी पीडितलाई योगेश भट्टराईको ५ लाख सहयोग
- 8 minutes ago

काठमाडौँ । ताप्लेजुङबाट निर्वाचित सांसद् योगेश भट्टराईले दोभान बजारमा भएको आगलागी पीडितलाई ५ लाख सहयोग दिने भएका छन् । पूर्वमन्त्री समेत रहेका भट्टराईले राहतस्वरुप व्यक्तिगतरुपमा उक्त रकम दिने भएका हु
केन्द्रीय कमिटीको बैठक अगाडि प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरू
- 11 minutes ago

काठमाडौँ । पेरिसडाडाँमा केन्द्रीय कमिटीको बैठक अगाडि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरु भएको छ।
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।