सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न शुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र(भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले गुरुयोजना निर्माण गरी समितिको स्वामित्वमा रहेको ५६ रोपनी जमिनमा धार्मिक र पर्यटकीय पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको हो ।

 

सराङकोटमा मानवबस्ती बसेदेखिबाट भैरव मन्दिरलगायतका मठमन्दिर निर्माण भएका र धार्मिक क्षेत्रका रुपमा विकास भएको बताइन्छ । एक दशकअघि त्यहाँ शिव मन्दिर निर्माणको अवधारणा अघि सारिएको थियो । अहिले शिव मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।

 

उनका अनुसार रु ४० करोड लगानीमा बृहत् सराङकोट धार्मिक पर्यटन गुरुयोजना निर्माणको योजना रहेकामा हालसम्म रु २० करोड लगानी भएको छ । समितिले गुरुयोजना सफल बनाउन र आर्थिक स्रोत जुटाउन चार वर्षअघि महायज्ञ लगाएर रु छ करोडभन्दा बढी अर्थ सङ्कलन गरेको थियो । 

 

बृहत् साराङकोट धार्मिक पर्यटन गुरुयोजनामा विशाल महादेव मन्दिर, तीन तलाको शिव मन्दिर, हवन कुण्ड, भ्युटावर, बहुउद्देशीय सभाहल, प्रवेशद्वारलगायतका संरचना निर्माण रहेको छ । समग्र गुरुयोजनाको हालसम्म ७० प्रतिशत काम सकिएको बताइन्छ ।

 

“पर्यटकीयस्थलका रुपमा विकास भएको सराङकोटलाई यहाँको ऐतिहासिक र धार्मिक महिमासँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजनाअनुसार गुरुयोजना निर्माण गरेर काम भइरहेको छ”, समितिका अध्यक्ष जिसीले भने, “महानगर, प्रदेश, सङ्घ सरकारसहित यहाँका विभिन्न सङ्घसंस्था र सराङकोटवासीको लगानी र प्रयासबाट यसलाई आगामी एक वर्षभित्रमा पूरा गर्दछौँ ।”

 

समितिअन्तर्गत नै विशाल बुद्ध मन्दिर निर्माण गर्न मुस्ताङका आरडी विष्टले रु १५ करोड उपलब्ध गराउने प्रतिज्ञा गरे पनि जमिन यकीन नहुँदा अहिलेसम्म काम अघि बढ्न नसकेको र छिट्टै सो कार्य पनि अघि बढाइने समितिले जनाएको छ । शिव मन्दिरका लागि रु १० करोड लगानी हुने अनुमान समितिको छ । भ्यूटावर निर्माणका लागि हालसम्म प्रदेश सरकारबाट विभिन्न चरणमा रु ९० लाख लगानी भएको बताइन्छ । भ्यूटावरको संरचनाको काम सकिएको छ । बहुउद्देशीय सभाहल निर्माण पनि सकिएको छ । सभाहलमा तीन हल, गुरु तथा अतिथिका लागि पाँच कोठा छन् । 

 

यसैगरी सभाहलको माथिल्लो तलालाई सङ्ग्रहालयका रुपमा विकास गर्ने योजना रहेको पूर्वाधार निर्माण समितिका सचिव कृष्ण थापाले जानकारी दिए । उनका अनुसार शिव, पार्वती, लक्ष्मी र कुमारको मूर्ति राख्नका लागि स्व सूर्यबहादुर केसीले प्रतिज्ञा गरेअनुसार मूर्ति ल्याउने प्रक्रिया अघि बढेको छ ।

 

सराङकोट विशेषगरी सूर्योदय तथा सूर्यास्त र हिमशृङ्खला, पोखरा शहर तथा फेवातालको दृश्यावलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको छ । सराङकोटमा बन्दाबन्दीअघि दैनिक एक हजार ५०० देखि दुई हजार पर्यटक पुग्ने गरेको बताइन्छ । 

 

गणेश मन्दिर शिलान्यास

 

सराङकोट धार्मिक तथा पर्यटकीय गुरुयोजनाअन्तर्गत निर्माण गरिने शिव मन्दिरको आज शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले मन्दिरको शिलान्यास गरे । गणेश मन्दिरमा यसअघि लगाइएको महायज्ञमा स्व रामबहादुर थापाले रु ११ लाख सङ्कल्प गरेका थिए ।

 

गजुरसहित तीन तलाको मन्दिरको रु २३ लाख ७५ हजार लागत अनुमान गरिएको समितिका अध्यक्ष जिसीले बताए । आगामी तीन महिनाभित्रमा मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइन्छ । 

 

कार्यक्रममा मन्त्री बरालले धार्मिक पर्यटक वृद्धि गर्न र सराङकोटको थप प्रवद्र्धनका लागि गुरुयोजनाले सघाउ पुग्ने बताए । उनले प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

  • 17 seconds ago
बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

लण्डन । बेलायतमा सोमबार एकै दिनमा ३७ हजार भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ ।

परराष्ट्रमन्त्री खड्काको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

  • 7 minutes ago
परराष्ट्रमन्त्री खड्काको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काको सपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्चमा रिट परेको छ । अधिवक्ता विशाल न्यौपानेले कुनै कानूनी व्यवस्था बिना नै सपथ गराइएको जिकिर गर्दै सपथ बदरको माग

कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटियाे

  • 9 minutes ago
कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटियाे

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।