नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह । पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को उपविजेता बनेका थिए । पाककलाका बादसाह सन्तोषको नेपालमा मात्र होइन, विश्वभर चर्चा चुलिएको छ । विश्वचर्चित सञ्चार माध्यमले साहलाई ‘सेलीब्रेटी’ बनाए । कारण थियो, उनको सामान्य र सरल जीवन, दुःख, सङ्घर्ष, दैनिकी र सफलतासँग जोडिएका कथा । हो, आज उनी विश्वको नजरमा पर्न सफल भए, उनले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेले ।

 

“नाम राख्नलाई नेपाली भएर जन्मिएपछि संसारमा सफलता पाउन कठिन छैन मेहनत चाहिन्छ । विश्वबजार घुमेर नेपाली खानाको प्रवद्र्धन गर्ने योजना बनाएको छ”, बेलायतको चर्चित मास्टर सेफको उपविजेता बनेपछि पहिलोपटक बिहीबार नेपाल आएका सेफ साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त कुराकानीका क्रममा भने ।

 

खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउने उद्देश्यका साथ अघि बढ्ने योजना साहले सुनाए । बेलायतमा छिट्टै रेष्टुरेन्ट सञ्चालन गर्ने र नेपालमा पनि रेष्टुरेन्ट खोल्ने योजना बनाएका साहले यसमा नेपाली सेफले अवसर पाउने बताए । उनी भन्छन्, “मेहनत नै हो हाम्रो सफलता, जति उपलब्धि छ, त्यसैमा खुशी हुन सिक्नुपर्छ । जब म ‘प्लाष्टिकको झोला बेच्दथँे र पाउरोटी बेच्थेँ त्यतिबेला पनि खुशी थिएँ, अहिले यो सफलतामा पनि खुशी नै छु ।”

 

अहिले जतिपनि सेफहरू छन्, उनीहरुले नेपाली खाना जन्मेदेखि बनाएको र आफूले दुई वर्षदेखि बनाउन थालेकाले अझै नेपाली सेफहरूबाट धेरै सिक्नका लागि नेपाल आएको सुनाए । “नेपालमा जन्मेपछि केही कुरा पनि गाह्रो हुँदैन । खाली सोच बनाएर कर्ममा तल्लीन हुनुपर्छ”, उनले अगाडि भने, “हाम्रो ‘फुड इन हाइजिन’ छैन”, चिसो खाना नखानू र बोतलबिनाको पानी नपिउनू भन्ने हाम्रो सन्देश हो । चिसो र बासी खानाले मानव शरीरलाई असर गर्छ । मेरा जति साथी छन् तीनलाई तातो खाना खानु, बोतलको मात्रै पानी पिउनु भन्ने मेरो सन्देश छ । विदेशीका लागि यो गुणस्तर कायम गर्नेपर्छ ।”

 

एउटा सामान्य नेपालीको छोरो यति ठूलो सफलतामा पुग्छ भन्ने विश्वासै थिएन । देशभित्र भान्से र खानाका लागि मान्यतै छैन । यस क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ लागी सङ्घर्षको यात्रा शुरु गरिएको साहले बताए । उनले सेफकै लागि १० वर्ष भारतमा काम गरेको भए पनि नेपालको खाना र पहिचानको लागि केही गरौँ भनेर दिलैदेखि सोच आएकाले अहिलेको सफलता मिलेको बताए । “अब नेपालको खानाको गुणस्तर बढ्छ, खानाबाट पनि सरकारले आम्दानी गर्न सक्छ ।”

 

अहिलेको सफलतालाई लिएर अझै दोब्बर सफलता पाउने गरी नेपाल प्रवद्र्धनमा जुट्ने साहको भनाइ छ । साहले पाँच भाषामा पुस्तक प्रकाशन गर्दै छन् । चर्चित पेन्गुइन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ । पुस्तक प्रकाशनको कामका लागि पनि आफू नेपाल आएको साहले बताए । खानाको विश्वव्यापी ‘रोडम्याप’ बनाएको र लण्डनबाटै यो अभियान शुरु गरिने उनले जानकारी दिए । भान्सेको संस्कार नेपालमा छैन तर, सुधार गरे सम्भव हुन्छ । खाना सबैले बनाउँछन् गुणस्तरीय खानामा ध्यान दिनुपर्छ । सरसफाइ र स्वच्छतालाई अभियानकै रुपमा नेपाल अघि बढे सफलतामा पुग्न भन्ने उनको वाणी छ ।

 

नेपालमा के गर्दै छन् साह ?

 

प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको पहल र समन्वयमा नेपाल आएका साह करिब एक महिना नेपालमा रहनेछन् । उनी पाटाको ४४औँ वार्षिक साधारणसभाको प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । उनी नेपाल पर्यटन बोर्डलगायत संस्थाले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन् । साह पाँच दिन होटल क्वारेन्टिन बसाइपछि पर्यटकीय गतिविधिमा सक्रिय हुनुहुनेछ । काठमाडौँ पार्क भिलेज र टर्किज एयरवेजको सहकार्यमा पाटा नेपालको अग्रसरतामा साह नेपाल आएका हुन् ।

 

नेपालको पाकशास्त्रलाई व्यापक अनुसन्धान गरी पर्यटनका विविध विधामध्ये पाकवान महत्वपूर्ण पाटो बन्न सक्ने भन्ने सन्देश दिनु पनि उनको नेपाल आगमनको उपलब्धि भएको पाटाका कोषाध्यक्ष खेम लकाईँले बताए । नेपालका चर्चित सेफ गोविन्दनरसिंह केसीले नेपालको ४० वर्षे सेफ इतिहासमा नेपाल र नेपालको परिकारलाई विश्वभर चिनाउन सफल भएकामा खुशी व्यक्त गरे । पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले सेफ साहको नेपाल आगमनले कोभिडबाट थलिएको मुलुकको पर्यटनलाई प्रवद्र्धनका साथै नेपाल गन्तव्यलाई खानाको माध्यमबाट विश्वभर पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा काेराेना संक्रमण, यस्ताे छ पछिल्लाे अपडेट

  • 2 minutes ago
नेपालमा काेराेना संक्रमण, यस्ताे छ पछिल्लाे अपडेट

काठमाडौँ । नेपालमा थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३८११ नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप २३ जना कोरोना संक्रमितको मृत्यु

  • 5 minutes ago
थप २३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ९८९८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएँः विमला वली

  • 13 minutes ago
सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएँः विमला वली

बुटवल । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वली नेकपा एमालेमा नै फर्किएकी छिन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफूले सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएको बताएकी छिन् ।



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।