स्यान्टियागोमा महिलावादीहरुको प्रदर्शन

एजेन्सी । स्यान्टियागोमा महिलावादीहरुले महिला अधिकारको माग गरेर प्रदर्शन गरेका छन् । स्यान्टियागोको एक प्लाजामा बुधबार ठूलो संख्याका महिलाहरु जम्मा भएर महिला हिंसा विरुद्धमा नारा लगाएका हुन् । 

 

उनीहरुले बलात्कारी हामीबीच नै छ भन्ने नारा दिएर सबैतिर महिलाहरु असुरक्षित रहेकोले उनीहरुको सुरक्षा दिनुपर्ने बताएका हुन् । महिला हिंसा विरुद्धको राष्ट्रसंघीय दिवसका अवसरमा महिला अधिकारवादीहरुले यस विरोध प्रदर्शन गरेका हुन् । 

 

चिलीको प्रहरीले उनीहरुलाई त्यहाँबाट बल प्रयोग गरेर घपाएको थियो । तर पनि पछि उनीहरु जम्मा भएर सो प्रदर्शन गरेका बताइएको छ । चिलीका महिला अधिकारवादीहरुले लास तेसिस नाम दिएर यो महिला हिंसाको विरुद्धमा आन्दोलन शुरु गरेका हुन् । 

 

उनीहरुले सन् २०१९ मा यो नारा दिएर आन्दोलन थालेका हुन् । उनीहरुले शुरु गरेको आन्दोलनमा खासमा महिला हिंसाको कारण पुरुष हो भन्दै पुरुषलाई निन्दा गरेको गीत गाउने गर्दछन् । उनीहरुले शुरु गरेको महिला अधिकारका पक्षको र त्यसका लागि पुरुषलाई निन्दा गरिएको सो गीत विश्वका अरु देशले पनि आफ्ना भाषामा अनुवाद गरेर आफ्नो देशमा पनि गर्ने गरेका छन् । 

 

त्यस अभियान अहिले विश्वका कैयौँ देशमा सञ्चालनमा ल्याइएको छ । विभिन्न स्थानमा यो आन्दोलन पुरुषका विरुद्धमा उग्र रुपमा पनि गर्ने गरिएको छ । बुधबार पनि चिलीको उक्त स्यान्टियागो शहरमा महिलाहरुले पुरुषका विरुद्धमा नाराबाजी गरेर ठूलो संख्यामा उपस्थित भएर सडक पनि अबरुद्ध पारेका थिए । 

 

उनीहरुले यस क्रममा सडकमा अवरोध पु¥याउनका लागि काठमा मुढा राख्ने, आगो बाल्ने मात्र नभएर यहाँका सटर पसलहरुबाट सामान लुट्ने सम्मको काम गरेका थिए ।   त्यसैले ठूलो बल प्रयोग गरेर प्रहरीले उनीहरुलाई हटाएको थियो । यस आन्दोलनले  ठूलो हिंसा निम्त्याएको भनेर प्रहरीले आन्दोलनकारी महिलालाई पक्राउ गर्ने र त्यहाँबाट धपाउने काम गरेको  हो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

फेरि अदालतमा उपस्थित भएनन् सलमान

  • 7 minutes ago
फेरि अदालतमा उपस्थित भएनन् सलमान

एजेन्सी । बलिउड स्टार सलमान खानविरुद्ध राजस्थानको जोधपुरमा कालो हरिण शिकार गरेको अभियोगमा आम्र्स एक्टअन्तर्गत मुद्दा चलिरहेको छ ।

‘मैले हसाएँ भनेर किन पीर ?’

  • 1 hour ago
‘मैले हसाएँ भनेर किन पीर ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला

  • 1 hour ago
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् ।



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।

विचित्र विश्व

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।