धार्मिक पर्यटकीय क्षेत्र बन्दै सन्तानेश्वर मन्दिर

राँझा । बाँकेको राप्ती नदीपारि नरैनापुर गाउँपालिकामा अवस्थित सन्तानेश्वर मन्दिर धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको छ । 

 

नेपालगञ्जदेखि करिब ३० किलोमिटर जति टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब आठ किलोमिटर पहाडी जङ्गलको कच्ची बाटोमा पैदलयात्रा गर्नुपर्दछ । नेपालगञ्जबाट २२ किलोमिटर टाढा पर्ने नरैनापुर गाउँपालिकाको कोहलाबाट उत्तरतर्फ आठ किलोमिटर उकालो पहाड हिँडेपछि सन्तानेश्वर मन्दिर पुगिने नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहले बताए ।

 

सन्तानेश्वर मन्दिरमा प्रत्येक शनिबार नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानबाट भक्तजनको भीड लाग्ने गरेको छ । शनिबारमात्रै करिब पाँच हजार भक्तजन मन्दिरमा दर्शनका लागि पुगेको गाउँपालिका अध्यक्ष शाहको भनाइ छ ।

 

पर्यटनको राम्रो सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा जाने बाटो बनिसकेको छैन । अप्ठेरो बाटो भए पनि भक्तजन मन्दिरमा पुग्ने गरेका छन् । शहरभन्दा टाढा जङ्गलको बीचमा पहाडको टाकुरामा मन्दिर रहेकाले त्यहाँको प्राकृतिक मनोरम सौन्दर्य अवलोकन र पैदलयात्राको लागि नेपालगञ्जबाट समूह बनाएर भक्तजन पुग्ने गरेका छन् ।

 

अन्य दिनभन्दा शनिबार धेरै भीडभाड हुने गरेको छ । शनिबार साथीसँगको समूहमा सन्तानेश्वर मन्दिर दर्शन गर्न पुग्नुभएकी नेपालगञ्ज उपमहानगरपालिका–६ निवासी आकृति रानाले जीवनमै अहिलेसम्मको रमाइलो र स्मरणीय भ्रमण भएको बताए । जङ्गलको बीचमा कच्ची बाटोमा पहाडको उकालो ओरोलो यात्रा गर्नुपर्ने भए पनि मनोरम दृश्य र साथीहरुसँगको समूहमा सजिलै सन्तानेश्वर मन्दिर पुगिएको उनको भनाइ छ । 

 

नरैनापुर–५ र ६ को बीचमा पर्ने बेदिहवा, झण्डवा हुँदै सन्तानेश्वर नामकरण भएको मन्दिर अहिले जिल्लाभरि चर्चामा रहेको छ । मन्दिरका महन्त ८६ वर्षीय योगानन्द गिरी पहाडी बाबाले विसं १९३५ मै यो ठाउँमा झण्डा गाडिएको बताए । मटेहियाका यादव थरका व्यक्तिले त्यहाँ झण्डा गाडेका थिए । अहिले पनि उनका सन्तानले वर्षमा एकपटक गुरुपूर्णिमाको दिन भण्डारा (निःशुल्क खाना) गर्छन् । विसं २०७० मा यहाँ मन्दिर बनाइएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

 

उनका अनुसार सन्तानेश्वर मन्दिरमा शिवरात्रि, तीजमा विशेष भीडभाड हुने गर्दछ । मन्दिरमा पुगेर चोखो मनले सन्तान मागेपछि सन्तान मिल्छ भन्ने विश्वास रहेको छ । मन्दिरमा सोलार बत्ती र पानीको व्यवस्था तत्काल गर्ने र मन्दिरसम्म पुग्नका लागि बाटो बनाउने योजना रहेको छ । 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सर्वोच्चद्वारा चार पूर्वमाओवादी नेताको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार

  • 54 minutes ago
सर्वोच्चद्वारा चार पूर्वमाओवादी नेताको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले चार जना पूर्वमाओवादी केन्द्रका ने ताहरुको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।

दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

  • 59 minutes ago
दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्ने बताएका छन् ।

कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुखमा मरासिनी नियुक्त

  • 1 hour ago
कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुखमा मरासिनी नियुक्त

काठमाडौँ । कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा. रुद्र मरासिनी नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरिय निर्णय गर्दै मरासिनीलाई वीर अस्पतालको प्रमु



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।