संकटका बेला सत्ता परिवर्तनको खेल

  • बुधबार, १५ बैशाख, २०७८
  • 1 week ago
  • बिचार

देश कोरोना महामारीको चपेटमा फसिसकेको छ । कोरोना नियन्त्रणका लागि प्रयासहरु भइराखेका छन् । तर, पर्याप्त भने छैनन् । कोरोनाको दोस्रो लहरको ग्राफ हेर्ने हो भने पनि विगत दुई हप्ताले देखाएको तथ्यांकले पनि डरलाग्दो स्थिति प्रष्ट देखाइरहेको छ । विज्ञहरुका अनुसार सरकारले आवश्यक रणनीति तत्काल नबाउँदा पनि यस्तो अवस्था आएको बताइरहेका छन् ।

 

बाँके, कास्की, काठमाडौँ लगायत विभिन्न शहरमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । कोरोना संक्रमितलाई उपचारका लागि आवश्यक पर्ने उपकरण नभएको जिकिर चिकित्सकहरुले गर्दै आइरहेका छन् ।

 

भारतमा पछिल्लो समय देखिएका घटनाले पनि ठुलै पाठ सिक्नुपर्ने देखिन्छ । अक्सिनज ग्याँसको अभावमा र अस्पतालमा उपचार नपाएकै कारण भारतमा ठुलो मानविय क्षति भइराखेको छ । दैनिक ३ लाखभन्दा बढी संक्रमित थपिइरहेका छन् ।

 

यो त सरकारले पेश गरेको रिपोर्टमात्रै हो । तर, खोज अनुसन्धान गरेको फाइनान्सियल टाइम्सले झण्डै २० लाख देखि ३० लाखसम्म भारतमा दैनिक कोरोना संक्रमित थपिएको बताए थियो ।

 

कोरोना संक्रमण नियन्त्रणका लागि भारतले विश्वसामु हारगुहार गरिरहेको छ । केही देशहरुले सहयोग दिन थालेका छन् । तर, विश्वकै ठुलो प्रजातान्त्रिक देशमा कोरोना यसरी फैलिएको छ कि चाहेर पनि सरकारले सबैलाई उपचार दिन सकेको छैन ।

 

स्वास्थ्य सेवा धरासायी हुने अवस्थामा पुगेको विज्ञहरुले बताइरहेका छन । शव व्यवस्थापनमा पनि उत्तिकै चुनौती थपिएको छ ।

 

छिमेकी देश भारतमा यस्तो भयावह स्थिति भइरहँदा नेपालमा भने सरकार फेरबदलको खेल चलिरहेको छ । चाँहे केन्द्रमा होस् वा प्रदेशमा सत्ता परिवर्तन खेल चलिरहेको छ । यो संकटमा सत्ता परिवर्तनको खेल खेल्नु पक्कै पनि इतिहासमा कालो दिनका रुपमा लिइनेछ ।

 

राजनीतिक परिस्थिति जस्तो सुकै होस् आम मानिसको ज्यान जोगाउने भन्दा ठुलो हुन सक्दैन । कोरोना नियन्त्रण गर्न चालिने कदममा सरकार होस् वा विपक्षी दल भुमिका उत्तिकै महत्वपुर्ण हुन्छ ।

 

यो अवस्थामा सत्ता परिवर्तन गरेर कोरोना नियन्त्रण हुनेवाला पनि छैन । जस्तो सुकै शक्तिशाली देशलाई कोरोनाले घुँडा टेकाएको छ । अमेकिरा होस् वा भारत आज कोरोनाका कारण ठुलो क्षति भोगिसकेको छन् ।

 

नेपालमा यस महामारीका बीच चलेको सत्ता परिवर्तनको खेलले आम मानिसलाई थप निराशा बनाएको छ । आरोप प्रत्योरोप पछि गर्न पनि सकिन्छ । तर, कोरोनाविरुद्धको लडाईमा एकताको आवश्यकता रहेको छ  


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

  • 5 hours ago
ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेत

छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

  • 5 hours ago
छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैल

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

  • 5 hours ago
सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।