गण्डकी प्रदेश: सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

कास्की । गण्डकी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेशसभाले पारित गरेको कोरोनाको नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।

 

दुवै दलका तर्फबाट बुधबार संयुक्तरूपमा आयोजित पत्रकार सम्मेलनमा सर्वसाधारणको हितलाई दृष्टिगत गर्दै पारित सङ्कल्प प्रस्तावलाई प्रभावकारी कार्यान्वयनमा लैजान सरकारलाई आग्रह गरिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आमजनताको हितलाई दृष्टिगत गर्दै यस सङ्कल्प प्रस्तावलाई अघिल्लो अधिवेशनमा समेत प्रस्तुत गरिएको बताउँदै विशेष अधिवेशनमा सत्तापक्ष र प्रतिपक्ष सबैको सहमतिमा सर्वसम्मत साझा प्रस्तावका रूपमा पारित भएको बताए । यसको प्रभावकारी कार्यान्वयन अबको आवश्यकता भएको बताउँदै उनले त्यसतर्फ प्रतिपक्षी दलका रूपमा कांग्रेसले निरन्तर निगरानी गर्ने उल्लेख गरे । सङ्कल्प प्रस्ताव पारित हुनुले देशको विकराल परिस्थितिमा एकताबद्धरूपमा समाना गर्न सक्छौँ भन्ने सन्देशसमेत दिएको उनको भनाइ थियो ।

 

जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य हरिशरण आचार्यले कोरोना नियन्त्रणका सम्बन्धमा सत्तपक्ष र प्रतिपक्ष एकमत बन्नु सकारात्मक भएको बताउँदै आगामी दिनमा यसको कार्यान्वयन कसरी अघि बढ्छ त्यसतर्फ निरन्तर चासो दिइने उल्लेख गरे । कोरोनाको निःशुल्क उपचार, पिसिआर परीक्षणको दायरा बढाउनुपर्नेलगायतका १३ बुँदासहित पुस २४ गते प्रदेशसभामा दर्ता सङ्कल्प प्रस्ताव मङ्गलबार बसेको बैठकले सर्वसम्मत पारित गरेको थियो । विपक्षी दलका नेता नेपालीले दर्ता गरेको सङ्कल्प प्रस्तावको जनता समाजवादी दलका आचार्य, नेकपाका तर्फबाट मायानाथ अधिकारी र गायत्री गुरुङ, तथा राष्ट्रिय जनमोर्चाको कृष्ण थापाले समर्थन गरेका थिए ।

 

आगामी दिनमा प्रदेशमा सत्ता समीकरणका सम्बन्धमा सोधिएको प्रश्नमा कांग्रेस संसदीय दलका नेता नेपालीले नेकपा वैधानिकपमा अलग भइनसकेको अवस्थामा हाल त्यसबारे कुनै औपचारिक छलफल तथा निर्णय नभएको जानकारी दिए । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 4 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 5 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 5 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।