'क्यान्सरलाई अवश्य हराउनेछु'

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्त हाल क्यान्सर जस्तो गम्भीर रोगबाट गुज्रिरहेका छन् ।

 

यस्तो अवस्थामा पनि उनमा उत्तिकै उर्जा रहेको छ । हालसालै सञ्जयले आफ्नो रोगको बारेमा धारणा राखेका छन् । आफूले यस रोगलाई छिट्टै पराजित गर्ने बताएका छन् ।

 

सामाजिक सञ्जालमा उनको एक भिडियो एकदमै भाइरल भएको छ । उक्त भिडियोलाई उनका फ्यानहरुले निकै रुचाएका छन् भने थुप्रै कमेन्टहरु पनि गरेका छन् ।

 

उक्त भिडियोलाई स्टाइलिश आलिम हकीमले आफ्नो इन्स्टाग्रामबाट सेयर गरेका थिए जसमा सञ्जय नयाँ हेयर कटमा देखिएका थिए । उनले भिडियोमा भनेका छन्, तपाईहरु देख्न सक्नुहुन्छ कि यो मेरो जिवनमा घटेको एक घटना हो, तर म यसलाई पराजित गर्नेछु । म क्यान्सरबाट छिटै मुक्त हुनेछु । लकडाउनपछि फेरि काम सुरु गर्न पाउँदा म निकै खुसी छु । घरबाट बाहिर रहन मलाई सधैँ मनपर्छ । मैले यो दाह्री केजीएफ २ को लागि बढाएको हुँ । म फेरि सेटमा पुग्न पाउँदा खुसी छु ।

 

यता मुम्बईमा सञ्जय दत्तको किमोथेरापी सकरात्मक भएको बताइएको छ । यसका साथै उनी उपचारका लागि न्युयोर्क पनि जान सक्ने बताईएको छ । कामको कुरा गर्दा हाल उनीसँग शमशेरा, भुज, केजीएफ २ पृथ्वीराज र तोरबाज लगायतका फिल्म छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

  • 8 minutes ago
कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ ।

आलु पाठशाला सञ्चालन गर्दै झिमरुक गाउँपालिका

  • 26 minutes ago
आलु पाठशाला सञ्चालन गर्दै झिमरुक गाउँपालिका

प्युठान । झिमरुक गाउँपालिकाको कृषि शाखाले हाल आलु पाठशाला सञ्चालन गरेको छ । आलु लगाउनेदेखि आलु लगाउने विधि सिकाउनका लागि पाठशाला सञ्चालन गरिएको हो । पाठशालामा २५ सक्रिय कृषक सदस्य सहभागी छन् ।

सुरु भयो कक्षा १२ को परीक्षा, कति परीक्षार्थी छन् सहभागी ?

  • 57 minutes ago
सुरु भयो कक्षा १२ को परीक्षा, कति परीक्षार्थी छन् सहभागी ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षामा ढुक्क भएर सहभागी हुन सम्बन्धित विद्यार्थीहरुसँग आग्रह गरेका छन् । उनले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।