सानिमा बैंकमा अनलाईनमार्फत क्रेडिट कार्डको लागि आवेदन दिन सक्ने व्यवस्था

  • बिहीबार, ८ असोज, २०७७
  • 3 weeks ago
  • अर्थ

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईन मार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेवसाइट (www.sanimabank.com) मा गई “क्रेडिट कार्ड आवेदन” मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्नुहुनेछ ।

 

फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत Approval भएको बारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोन मार्फत् गराइनेछ । क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुन्छ । यो सुविधा यही असोज ६ गतेदेखि संचालनमा ल्याएको बैंकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्ता EMI मा सामान खरिद गर्न सकिन्छ ।

 

सानिमा बैंकले डिजिटल बैंकिङ्ग प्रणालीलाई प्राथमिकता दिँदै समयानुकूल विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधाहरु परिस्कृत रुपमा उपलब्ध गराउँदै आएको छ । सानिमा बैंकले हाल ८२ शाखा कार्यालय १५ विस्तारित काउन्टर तथा ८१ एटिएम बाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना संक्रमण भई उपचाररत बिरामीले सम्पूर्ण खर्च स्वयमले बेहोर्नुपर्ने: सिभिल अस्पताल

  • 2 minutes ago
कोरोना संक्रमण भई उपचाररत बिरामीले सम्पूर्ण खर्च स्वयमले बेहोर्नुपर्ने: सिभिल अस्पताल

काठमाडौँ । विश्वभर कोरोना महामारी रहेको छ । कोरोना संक्रमणका कारण कतिले अकालमा ज्यान गुमाइरहेका छन् भने कतिले उपचार समेत पाउन सकेका छैनन् ।

सङ्कटकाल र कफ्र्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीनः गृहमन्त्रालय

  • 17 minutes ago
सङ्कटकाल र कफ्र्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीनः गृहमन्त्रालय

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न विद्युतीय माध्यममा सङ्कटकाल र कफ्र्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई काेराेना सङ्क्रमण

  • 22 minutes ago
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई काेराेना सङ्क्रमण

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । आज भएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी ग



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।