सन्दीप लामिछानेले बेलायत छाडे

  • बुधबार, ६ साउन, २०७८
  • 2 weeks ago
  • खेल

लण्डन । नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछानेले बेलायत छाडेका छन् । बेलायतमा टी– २० क्रिकेट लिग खेल्न आएका सन्दीपले भिसाको कारण बेलायत छोडेका हुन् ।

 

इंग्ल्याण्ड क्रिकेट बोर्डले सन्दीपको भिसा अवैध भएको भन्दै तत्काल नेपाल फर्किन आदेश दिएको थियो । त्यसपछि सन्दीप एउटा पनि खेल नखेली नेपाल फर्किएका हुन् । इंग्ल्याण्ड क्रिकेट बोर्डले भिसाको समस्या देखाएपछि सन्दीप मंगलबार बेलुका नै नेपालका लागि उडेका हुन् । 

 

इंग्ल्यान्डमा आयोजना हुने टी– २० क्रिकेट लिग ‘द हन्ड्रेड’ खेल्न सन्दीप जुलाई ९ मा त्यहाँ पुगेका थिए । ६० हजार पाउन्डमा ओभल इन्भिन्सिबलमा आबद्ध भएका उनले २२ जुलाईमा पहिलो म्याच खेल्नुपर्ने थियो । ईंग्ल्यान्डमा पुगेर नियमानुसार सरकारले व्यवस्थापन गरेको होटमा ९ दिन क्वारेन्टाइन बसिसकेपछि सन्दीपको भिसामा समस्या देखाइएको थियो ।

 

सन्दीपसँग टायर फाइभ भिसा रहेको थियो । तर, ईसीबीले सो भिसालाई के कारणले अवैध भयो भन्ने नखुलाइएको सन्दीपले जानकारी दिएका छन् ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 1 hour ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 2 hours ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 2 hours ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।