अभिनेत्री साम्राज्ञीबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्म क्षेत्रको सबैभन्दा व्यस्त अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । उनको जन्म सन् १८ नोभेम्बर १९९५ मा भएको थियो । उनले खेलेका प्राय सबै फिल्महरु हिट नै रहेका छन् । पछिल्लो समय उनले अभिनय गरेको फिल्म हो रातो टिका निधारमा । यस फिल्मले पनि व्यवसायिक सफलता पाउने अपेक्षा गरिएको छ । 

 

फिल्म क्षेत्रमा आउन उनलाई त्यति सजिलो थिएन । नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्न केही कठिन निर्णय लिएको उनले केही मिडियासँग गरेको अन्तर्वार्तामा समेत बताएकी थिइन् । अन्ततः उनले मानिन् र नेपाली चलचित्र उद्योगमा प्रवेश गरिन् । पहिला कुरा काट्नेहरु अहिले साम्राज्ञीको प्रशंसा गरेर थाक्दैनन् । 

 

उनको पहिलो चलचित्र ड्रिम्स (सन् २०१६) हो । अनमोल केसी उनको अपोजिटमा थिए । भुवन केसीको ब्यानर र अनमोलको स्टारडमले साम्राज्ञीलाई पनि सायद सजिलो भयो । उनी रातारात एउटै चलचित्रबाट सम्भावना बोकेकी अभिनेत्रीका रुपमा दरिइन् । 

 

साम्राज्ञीको दोस्रो चलचित्र ‘ए मेरो हजुर २’ हो । यसमा पनि उनले लिड रोल नै पाइन् । यो चलचित्र पनि ब्लक बस्टर भयो । लगातार दुइटा चलचित्र हिट भएपछि उनी स्टार अभिनेत्रीका रुपमा उदायिन । अहिले उनी सबैभन्दा धेरै पारिश्रमिक लिने हिरोइन्का रुपमा बजारमा छिन् । उनको तेस्रो चलचित्र कायरा हो, जसले पनि व्यवसायिक सफलता पाउन सफल भएको थियो । 

 

उक्त फिल्म उनले आर्यन सिक्देलसँग रोमान्स गरेकी थिइन् । 

 

एकपछि अर्को फिल्ममा सफलता पाउने भएता पनि उनी विवादमा पनि उत्तिकै आउने गर्छिन् ।

कहिले ब्बोइफ्रेण्डसँगको अफेयरका कारण उनी विवादमा आउने गरेकी छिन् भने कहिले विकिनी पोस्टका कारण उनी विवादमा आउने गरेकी छिन् ।

तर, उनले नेपाली फिल्ममा बनाएको स्टारडम भने तारिफ गर्न योग्य रहेको फिल्म समिक्षकहरु बताउँछन् । 

 

केही सुचना  विकिपेडियाबाट लिएका हुन्


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोनालेपनि छेकेन दशैंको भिडभाड (फोटोफिचर)

  • 14 minutes ago
कोरोनालेपनि छेकेन दशैंको भिडभाड (फोटोफिचर)

कोरोना फैलिनबाट रोक्न यसपटकको दशै परिवार मात्रै बसेर मनाउन सरकाले पटक पटक आग्रह गरेको छ ।

आदित्यको प्रश्नः के नेहा साँच्चिनै विवाह गर्दैछिन् ?

  • 17 minutes ago
आदित्यको प्रश्नः के नेहा साँच्चिनै विवाह गर्दैछिन् ?

एजेन्सी । पछिल्लो समय विवाहका कारण चर्चामा रहेका छन् आदित्य नारायण झा । उनले शापित फिल्ममा अभिनय गरेकी अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्न लागेको हुन् ।

आफ्नै साथीद्वारा एक जना युवतीकाे बलात्कार

  • 35 minutes ago
आफ्नै साथीद्वारा एक जना युवतीकाे बलात्कार

एजेन्सी । भारतको पन्जावमा साथीको जन्मदिनको पार्टी मनाएर फर्किएकी एक जना युवतीको आफ्नै साथीहरुले कारमा बलात्कार गरेका छन् । फर्किने क्रममा युवतीलाई ती युवकले जबर्जस्ती कारमा राखको र बलात्कार गरेको मिडि



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।