‘कोटेश्वरको केटो’ लाई एक लाख राशि पुरस्कार
- बुधबार, २८ माघ, २०७७
- 3 weeks ago
- साहित्य

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर सो कृतिलाई रु एक लाख राशिको उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरिएको प्रेस विज्ञप्तिमार्फत इञ्जाले जानकारी दिएको छ ।
संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ आजभन्दा साढे चार दशकअघिको काठमाडौँको दृश्य र परिवेश समेटिएका यस कृतिमा तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरिएको छ । काँठेजीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, सङ्घर्ष र पीडाको कथा पुस्तकमा छ । कसरी कोटेश्वरका स्थानीयवासीलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पार्यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत एउटा गतिलो खुराक बन्न सक्ने शिक्षा तथा साहित्य क्षेत्रका मूर्धन्य व्यक्तिको धारणा छ ।
तीन दशक लामो पत्रकारिताको अनुभव सम्हालेका पराजुलीले अक्षरहरुसँग पाठमा पत्रकारिताका अनेक तीतामीठा प्रसङ्ग उल्लेख छ । कथा लेखनमा विशेष दक्खल राख्ने पराजुलीका यसअघि विकल्प यात्रा २०५०, जाडोमा भोक २०६२, सपनामा माक्र्स २०६८, शुक्रराज शास्त्रीको चश्मा २०७३, भ्रष्ट संवेदना, अघोरी २०७५ कथासङ्ग्रह प्रकाशित छन् । अनायिका उपन्यास पनि उनकै कृति हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
Raute leaders demand food and tent with chief minister Shahi
- 7 minutes ago

Surkhet. Nomadic Raute leader Dil Bahadur Shahi called on Chief Minister of the Karnali province government, Mahendra Bahadur Shahi.
सुनको भाउ बढ्यो
- 9 minutes ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो ।
Fire displaces 338 households in Fungling
- 10 minutes ago

March 3 Taplejung. Massive fire incidents have been recurring in Fungling bazaar of Taplejung over the years.
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।