साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई विशेष सम्मान

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ। अभिनव साहित्य समाज र सुरभि साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई नगद पुरस्कारसहित विशेष सम्मान गरेका छन्। 

 

अभिनव साहित्य समाजको २४१औँ साहित्यिक शङ्खला अन्तर्गत २१औँ वार्षिकोत्सव एवं शिशिर विशेष कवि गोष्ठीको अवसर पारेर शनिबार जोरपाटीमा आयोजित कार्यक्रममा उहाँलाई समाजको तर्फबाट रु दश हजार र प्रतिष्ठानको तर्फबाट रु पाँच हजार गरी कूल रु १५ हजारसहित अभिनन्दन गरिएको हो।

 

यसैगरी गोपाल अस्कलाई नगद रु १० हजारसहित वेदमणि अभिनव गजल पुरस्कार २०७८ ले सम्मानित गरिएको छ। समाजसेवी श्रीकृष्णराज पुडासैनीलाई समाजसेवा सम्मान प्रदान गरिएको समाजका अध्यक्ष  गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले राससलाई जानकारी दिए। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय प्रेक्षितले पुरस्कार एवं सम्मान प्रदान गर्नुभएको थियो।

 

सो अवसरमा सचिव उपाध्यायले कविले थोरै शब्दमा धेरै भाव आउने रचना सिर्जना गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा ठाकुर शर्मा, कणाद महर्षि, डिल्लीराज अर्याल, कल्पतरुका सम्पादक नवराज पुडासैनी ज्योत्स्नालगायतले आ–आफ्ना मन्तव्यसहित रचना वाचन गर्नुभएको थियो। उनीहरुले समाजको प्रत्येक महिनाको अन्तिम शनिबारको कार्यक्रमले जोरपाटी क्षेत्रमा सिर्जनात्मक वातावरण बनेको बताए।

 

कार्यक्रममा समाजका उपाध्यक्ष बिमल अर्याल, सदस्य शारदा पराजुली, सचिव परशुराम पराजुली, सदस्य मेनका पोखरेल, घनश्याम प्रसाइँ, विन्दा खतिवडा, सुमन पुडासैनी र आलोक चालिसेलगायतले सम्मानित व्यक्तित्वका बारेमा प्रकाश पार्दै आ–आफ्ना रचना वाचन गरेका थिए।

 

वाचित रचनामध्ये देवीप्रसाद मिश्र, देवकी खतिवडा, शान्ति रिसाल र बिपी इलामेको रचनालाई उत्प्रेरक पुरस्कार प्रदान गरिएको थियो।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

  • 4 minutes ago
रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।

मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु

  • 8 minutes ago
मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु

काठमाडौँ । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ। आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीताको आवदेन समेत खुल्ला भएको जनाएको हो।

बेँसीसहर–चामे सडक एक साता बन्द हुने

  • 8 minutes ago
बेँसीसहर–चामे सडक एक साता बन्द हुने

लमजुङ । बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो ।



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।