हेमबहादुर मल्ल सम्मान डा.गौरी शङ्करलाल दासलाई प्रदान

  • शुक्रबार, १४ फागुन, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनमा नेतृत्वदायी क्षमता प्रदर्शन गरेका डा. गौरी शङ्करलाल दासलाई ‘हेमबहादुर मल्ल सम्मान, २०७५’ प्रदान गरिएको छ ।

 

साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा नेपाल जनप्रशासन सङ्घले स्थापना गरेको यस दुई लाख रुपैयाँ राशीको सम्मान दासलाई बिहीवार प्रदान गरिएको हो । 

 

१९८२ साल असोज १० गते सिरहाको इनरुवामा जन्मनुभएका वरिष्ठ छाती रोग विशेषज्ञ डा दास ९६ वर्षको उमेरमा पनि सामाजिक अभियान्ताका रुपमा चिनिन्छन् । भारतको पटना विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा बीएससी र एमबीबीएस गर्नुभएका उनले वेल्स नेशनल स्कुल अफ मेडिसिनबाट क्षयरोगमा डिप्लोमा गरेका थिए । 

 

विसं २००९ देखि वीर अस्पतालको रेजिडेन्ट मेडिकल अफिसरका रुपमा स्वास्थ्य सेवा आरम्भ गरेका दास २०२४ सालमा स्वास्थ्य सेवा विभागको निर्देशक हुँदै स्वास्थ्य मन्त्रालयको प्रमुख योजना अधिकृतसमेत भएका थिए । डा दासले १९७५(१९९० को दीर्घकालीन प्रथम स्वास्थ्य सेवा योजना तर्जुमा र विश्व स्वास्थ्य सङ्गठनमा आबद्ध रही माल्दिभ्सको पहिलो स्वास्थ्य सेवा योजना तर्जुमा गरेका थिए । 

 

उहाँ २०३५ देखि २०४७ सालसम्म लोकसेवा आयोग र २०५७ देखि २०६२ सालसम्म राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएका थिए । गोरखा दक्षिण बाहुलगायत विभिन्न सम्मानबाट विभूषित भएका दास नेपाल रेडक्रस सोसाइटी, कुष्ठरोग निवारण संस्था, नेपाल दृष्टिविहीन कल्याण सङ्घ, बीपी आइ फाउण्डेसन, टीबी तथा छाती रोग विशेषज्ञ चिकित्सक सङ्घ, नेपाल क्षयरोग निवारण सङ्घ र नेपाल मेडिकल सङ्घलगायत विभिन्न सङ्घसंस्थामा आबद्ध भएका थिए । पछिल्लो समय डा दास नेपालका ज्येष्ठ नागरिकको हकअधिकारको संरक्षण र सशक्तीकरणमा संलग्न छन् । 

 

नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेशनबीचको समझदारीबाट २०५९ सालमा हेमबहादुर मल्ल सम्मानको स्थापना भएको हो । १९९५ सालमा बाग्लुङको ढोरपाटनमा जन्मिएका मल्ल २०२० सालमा साल्ट ट्रेडिङमा प्रवेश गरेका थिए ।

 

उनले करिब २५ वर्ष साल्ट ट्रेडिङको महाप्रबन्धकका रुपमा काम गरेका थिए । इमान्दार, परिश्रमी, कर्तव्यनिष्ठ मल्ललाई नमुना प्रशासकका रुपमा लिने गरिन्छ । उनकै स्मरणमा हेमबहादुर मल्ल सम्मानको स्थापना गरिएको हो । मल्लको २०५७ सालमा निधन भएको थियो । 

 

 पुरस्कारबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, प्राडा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ र डा सन्दुक रुइत सम्मानित भइसकेका छन् ।

 

कार्यक्रममा साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला अर्यालले चिकित्सा र समाजसेवामा डा दासको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै बहुमुखी प्रतिभाका धनी, समाजसेवी, कुशल व्यवस्थापकका रुपमालाई सम्मान गर्न पाउँदा खुशी लागेको बताइन् ।

 

नेपाल जनप्रशासन सङ्घका अध्यक्ष कृष्णहरि बाँस्कोटाले साल्ट ट्रेडिङलाई यस ठाउँमा ल्याउन स्व मल्लले अतुलनीय भूमिका निर्वाह गरेको स्मरण गरे । यस अवसरमा उहाँले सम्मानित व्यक्तित्व डा दासलाई सङ्घको प्रतीक चिह्न प्रदान गरेका थिए । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 5 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 6 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 6 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।