सलमान खानसँग मजाक गर्दा धन्नै करिअर नै धरापमा परेको थिए यी गायकको

एजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खानको मित्रता जति बलियो हुन्छ दुश्मनी पनि त्यत्तिकै महँगो पर्न जान्छ । सलमानले आफू अभिनित फिल्मबाट अरजित सिंहले गाएको गीत हटाउन लगाएका थिए। उनले ‘वेलकम टु न्यूयोर्क’ फिल्मबाट अरजितको गीत हटाउन लगाएका थिए।

 

फिल्ममा सलमान केमियो भूमिकामा थिए। निर्माण पक्षले फिल्ममा अर्जितको गीत राख्न चाहेको भए पनि सलमानले उनीहरू हटाउन भनेका थिए । सलमानले फिल्म निर्माण पक्षलाई अर्जितका अलावा अरू कुनै गायकको स्वरमा सो गीत राख्न भनेको बताइएको थियो ।

 

सलमान र अर्जित यो दुश्मनी सन् २०१४ बाट सुरू भएको हो। एक अवार्ड सोमा अवार्ड लिएपछि अर्जितले ‘तपाईहरूले निन्द्रा लगाइदिने बनाउनुभयो’ भनेर टिप्पणी गरेका थिए। जवाफमा सलमानले ‘यसमा हाम्रो कुनै दोष छैन। यस्ता गीत बजिरहन्छन् ’ भनेर अर्जितको ‘तुम हि हो‘’ गीत गाएका थिए।

 

सो समयमा त्यसलाई नोकझोक मात्र ठानिएको भए पनि सलमान त्यस घटनाबाट रिसाएको कुरा तब बाहिरियो जब उनले ‘किक’ तथा ‘प्रेम रतन धन पायो’ फिल्मबाट अर्जितको गीत हटाउन लगाए।

 

यो सिलसिला यसमा मात्र रोकिएन ‘सुल्तान’को गीत पनि सलमानले हटाएका थिए। सलमानको यस प्रतिक्रिया पछि अर्जितले आफ्नो गीत नहटाउइदिन आग्रह गर्दै फेसबुकमा स्टाटस समेत लेखेका थिए तर गीत फिल्म अटाएन। पछि अर्जितले स्टाटस हटाएका थिए।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

  • 6 hours ago
मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा कार्यालयको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग

ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

  • 6 hours ago
ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अग्रगमनको मुख्य बाधक भएको बताएका छन् । सोमबार साँझ एक ट्वीट गर्दै डा. भट्टराईले ओली प्रवृत्ति प्रतिगम

नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

  • 7 hours ago
नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५ औँ अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।