‘सक्किगोनी’ अब जेपिटी क्रियसन युट्युव च्यानलमा

काठमाडौँ । चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगोनी’ अन्ततः आफ्नै युट्युव च्यानल मार्फत आउने भएको छ । यस अघि युट्युव राइटस् ओ एस आर डिजिटलले लिएको थियो । 

 

ओएसआरसँगको सम्झौता अवधी सकिएको र नयाँ सम्झौता नभएको कारण ‘सक्किगोनी’को आफ्नै युट्युव च्यानल जेपिटी (जिग्री पाँडे टिम) क्रिएसन अफिसियलबाट सार्वजनिक हुने भएको हो । अब बिहीबार राति ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियलबाट आउने भएको छ ।

 

ओएस आर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युवबाट प्रसारण गर्ने निर्णय गरिएको सक्किगोनीका कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्रीले जानकारी दिए ।

 

ओएसआरसँग ५२ भागसम्मको सम्झौता थियो तैपनि ६० भाग प्रसारण भइसकेको छ । अब हाम्रो आफ्नै च्यानलमा ल्याउने निर्णय गरेका हौं। जिग्रीले जेपिटी क्रियसन अफिसियलबाट आउनुको कारण खुलाए।

 

 लामो समय देखि सक्किगोनीु जस्तो सिरियल आफ्नै आधिकारिक युट्युव च्यानलबाट आउँनु पर्ने शुभचिन्तकहरुको माग थियो।

 

जिग्रीका अनुसार भविष्यमा कुनै युट्युव च्यानलसंग डिजिटिल राइटस् को सम्झौता नभएको खण्डमा जेपिटी क्रियसन बाटै आउने स्पष्ट पारे। आफ्नै आधिकारीक युट्युव च्यानल मार्फत आउने भएपछि आफूहरु थप हौसला र चुनौतीको रुपमा काम गर्न अगाडि बढेको टिमको भनाई रहेको छ।

 

पछिल्लो समयमा सिर्जना गर्ने सर्जकहरुको स्वामित्वमा सञ्चालित युट्युव मार्फत धेरै सिरियलहरु आउने क्रम सुरु भईसकेको भएता पनि सक्किगोनी भने अन्य युट्युव मार्फत आइरहेको थियो।  


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पाक्दै गरेको उवा बाली

  • 3 minutes ago
पाक्दै गरेको उवा बाली

जाजरकोट । समुद्र सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा पाक्दै गरेको उवा बाली । तस्बिरः हेमन्त केसी/रासस

जोखिममा घर

  • 6 minutes ago
जोखिममा घर

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका– ५, येम्पाङस्थित कञ्चनजङ्घा वेश क्याम जाने सडक खन्ने क्रममा जोखिममा परेको घर ।

राष्ट्रपति बाइडेनले न्यायाधिवक्ताहरू मनोनयन गर्दै

  • 9 minutes ago
राष्ट्रपति बाइडेनले न्यायाधिवक्ताहरू  मनोनयन गर्दै

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले देशभर न्यायाधिवक्ताको कार्यालय सञ्चालनका लागि नौ वकिललाई मनोनयन गर्दैछन् । उच्च कानूनी पदमा मनोनयनका लागि विविध समूहबाट समावेशीरूपमा उमेद्वार छनोट अन्तिम चरणम



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।