सैनिक सिपाहीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १४ जना सर्बसाधारणको मृत्यु

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको दक्षिणी किवु प्रान्तको साँगे शहरमा एक सैनिकले बिहीबार राति अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १४ जना सर्वसाधारणको मृत्यु भएको कङ्गोली प्रहरीले बताएको छ ।

 

कङ्गोली सैनिक स्रोतका अनुसार सैनिक सिपाहीले स्थानीय एक व्यक्तिको फोन चोर्न खोजेको र उक्त समय स्थानीय केही व्यक्ति अघि आई प्रतिकार गरेपछि झडप भएको थियो ।

 

आफ्नो सुरक्षाका लागि ती सिपाहीले साथमा रहेको पिस्तोल निकाली अन्धाधुन्ध गोली चलाएको बताइएको छ । घटनामा उक्त वस्तीका १४ स्थानीयहरूको मृत्यु भएको स्थानीय समाचारहरूले उल्लेख गरेका छन् । घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

 

प्रहरीले मृतकलाई पोष्टमोर्टम का लागि र घाइते सबैलाई उपचारका लागि उद्धार गरी अस्पताल पठाएको जानकारी गराएको छ । यस घटनाका सम्बन्धमा अनुसन्धान सुरू गरिएकाले थप विवरणहरू अनुसन्धानपछि आउने अधिकारीहरूले बताएका छन् । 


थप समाचार

माटोको ढिस्कोमा पुरिएर १ को मृत्यु

  • 41 seconds ago
माटोको ढिस्कोमा पुरिएर १ को मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ रसीका २० वर्षीय दीपक बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

चाडपर्वले सामाजिक एकता कायम गर्छ : मुख्यमन्त्री गुरुङ

  • 3 minutes ago
चाडपर्वले सामाजिक एकता कायम गर्छ : मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले एकअर्काबीचको सम्बन्धलाई मजबुत बनाउने बताएका छन् । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटे २०७७ को

महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा

  • 6 minutes ago
महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले सोमबार अपराह्न नियन्त्रणमा लिएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवर



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।