‘१३ वर्षको वैवाहिक सम्बन्ध जे जसरी बित्यो त्यो मलाई मात्र थाहा छ'

एजेन्सी । बलिउडमा चर्चित अभिनेता हुन् सैफ अली खान । बलिउडमा लामो समय बिताएका उनी बेलाबेला जेठी श्रीमती अमृता सिंहका कारण चर्चामा आउने गर्छन् । उमेर अमृताभन्दा सैफ धेरै वर्षले कान्छा रहेका थिए ।

 

तैपनि परिवारको सहमति बेगर यी दुईले विवाह गर्ने निर्णय लिए र विवाह गरे । एक दशकभन्दा लामो समय यी दुईले सँगै साथसाथ बिताए । तर, उनीहरुबीचको सम्बन्ध टुट्न थालिसकेको थियो ।

 

आपसीसमझदारी बिग्रिसकिएको थियो । सैफले बाहिर अफेयर चलाएको भन्दै अमृताले उनीविरुद्ध डिभोर्स दर्ता गराएकी थिइन् । दुई वर्ष जति उनीहरु छुट्टीएरै बस्न थाले ।

 

सैफ पनि बलिउडमा व्यस्त हुन थाले । एक अन्तर्वार्तामा उनलाई बोलाइयो र उनीमाथि परिवारका विषयमा प्रश्नहरु सोधियो । उक्त अन्तार्वार्तामा उनी अति नै भावुक हुन पुगे ।

 

उनले भनेका थिए,‘अमृताले मलाई आफ्ना सन्तानहरुसँग पनि भेट्न दिइनन् । मसँग भएको सबै सम्पत्तिको हिस्सा उनले मागिन् । परिवारको जिम्मेवारी मैले पुरा गर्ने प्रयास गर्दा उनी बाधक बन्ने प्रयास गरिन् ।’ 

 

उनले थप्दै भने,‘नयाँ युवतीको प्रवेशका कारण उनले बारम्बार आफ्ना सन्तानहरुप्रति विष भर्ने काम गरेकी थिइन् ।’

 

‘१३ वर्षको वैवाहिक सम्बन्ध जे जसरी बित्यो त्यो मलाई मात्र थाहा छ । उनीप्रति मेरो सम्मान रहेको छ ।’ उनले भनेका थिए । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 4 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 4 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।