अनेसास शब्दसारथिमा अर्यालद्वयको कृति चर्चा

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

बोस्टन, अमेरिका। अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजको साहित्यिक कार्यक्रम शब्दसारथिमा साहित्यकार दम्पती सीता अर्याल र राजेन्द्रप्रसाद अर्यालको कृतिको चर्चा गरिएको छ। आइतबार जूमप्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा सीताको ‘अनुपमा’ गीति सङ्ग्रह र राजेन्द्रको ‘आजको मान्छे’ कविता सङ्ग्रहको लोकार्पण गरिएको हो।

 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अनेसास, प्रज्ञाप्रतिष्ठान, गैरआवासीय नेपाली सङ्घका नेतृत्व बर्गका साथमा साहित्यकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अनेसासका सल्लाहकार समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले राजेन्द्र अर्यालको कविता कृति माथि समीक्षात्मक टिप्पणी गरे भने नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्याय ‘प्रेक्षित’ले सीता अर्यालको गीतिकारिताको बारेमा चर्चा गरे।

 

कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, अनेसासका सल्लाहकार तथा गैर आवासीय  नेपाली संङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्त, अनेसासका पूर्व अध्यक्ष पदम विश्वकर्मा, गैर आवासीय  नेपाली संङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष तथा साहित्यकार जीवा लामिछाने, साहित्यकार गोविन्द गिरी प्रेरणा, मोहन चापागाईं, गैर आवासीय  नेपाली संङ्घ, अमेरिका अध्यक्ष बुद्धिसागर सुवेदी, हरिहर अर्याल, डा. ऋृषि बस्ताकोटी, डा.राजुबाबु श्रेष्ठ, अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ बाग्ले, कोषाध्यक्ष कृष्णकुमार गिरी, अनेसास बीओटी सदस्य तीर्थराज अधिकारी, ईश्वर देवकोटा, नम्रता गुरागाई, दिनार श्रेष्ठ, कृष्ण सिंजापतिलगायतले शुभकामना तथा विमोचित कृतिको रचना वाचन गरे।

 

अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजनमा आयोजित उक्त कार्यक्रम अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न भएको हो।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

  • 4 minutes ago
कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन् ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • 38 minutes ago
हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 1 hour ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।