नेपाल–ओमान साहित्य र प्रकृति
- आइतबार, १५ चैत, २०७७
- 2 weeks ago
- साहित्य

काठमाडौँ । ओमानस्थित नेपाली राजदूतावासले शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ ।
काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिने अभिप्रायले आफ्नो नेपाल भ्रमणको अनुभव समेटेर अरबी भाषामा नियात्रा लेखी नेपाली पर्यटन र साहित्यिक क्षेत्रमा पुर्याएको योगदानस्वरूप ओमानी नागरिक स्व मोहम्मद अल हार्थीलाई मरणोपरान्त सम्मान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा ओमानस्थित नेपाली राजदूत शर्मिला पराजुलीले स्व हार्थीको नेपाल भ्रमण तथा लेखनबारे प्रकाश पारिन् । उनले स्व हार्थीको सम्मानमा वहाँकी छोरी तथा बालचित्र पुस्तक लेखिका एवं प्रकाशक इब्तिहाज अल हार्थीलाई सम्मानपत्र प्रदान गरिन्। साथै उनले स्व हार्थीप्रति समर्पित वेबसाइटको शुभारम्भ गरिन् ।
कार्यक्रममा प्रा तुल्सी दिवसले स्व ओमानी लेखकप्रति सम्मान व्यक्त गर्ने अवसर प्राप्त भएकामा खुशी व्यक्त गर्दै कविताका माध्यमबाट मानिसलाई कसरी प्रकृतिसँग आबद्ध गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना विचार व्यक्त गरे ।
मध्यपूर्वको मरुभूमि Empty Quarter पार गरेकी ओमानी नागरिक बैदा अल जद्जाली तथा जेनी मेक्गीलले आफ्नो साहसिक यात्राका बारेमा अनुभव बाँड्दै स्व हार्थीको लेखनबाट नेपालको बारेमा जान्ने मौका प्राप्त भएको बताए । कवि नवराज पराजुलीले पुस्तक भाषानुवादसम्बन्धी आफ्ना अनुभव साट्दै मोहम्मद अल हार्थीको योगदानबारे प्रकाश पारे ।
कार्यक्रममा प्रथम ओमानी महिला सगरमाथा आरोही नादिरा अल हार्थी, इन्टरनेशनल डिप्लोमेसी एण्ड प्रोटोकल अध्ययन संस्थानका अध्यक्ष श्री इनेस पिरेस, लेखिका लक्ष्मी कोथानेथ लगायत करिब ५० जनाको सहभागिता थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन
- 4 hours ago

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए
- 4 hours ago

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए
- 5 hours ago

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।
पर्यटन
शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।
जीवनशैली
छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।
विचित्र विश्व
हरिद्वारमा कोरोना संक्रमण फैलियो, एक जना साधुको मृत्यु

एजेन्सी । कुम्भ नगरी हरिद्वारमा अप्रिल १४ मा भएको मुख्य शाही स्नानपछि कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । रिपोर्टका अनुसार कोरोना संक्रमित साधु सन्तहरुको लिष्ट अगाडि आउन थालेको छ ।