यूकेका १४ साहित्यिक संस्थाको सहभागितामा वातावरण साहित्य गोष्ठी सम्पन्न
- मन्जु भण्डारी खरेल
- सोमबार, २१ जेष्ठ, २०७५
- 2 years ago
- युके

लण्डन । प्रकृतिझैं हरियो पहिरनमा सजिएर आएका सर्जकहरू भरी भराउ रहेको वातावरण साहित्य गोष्ठी आइतबार लण्डनको चार्ल्टनमा भव्य रूपमा सम्पन्न भएको छ ।
युकेमा रहेका विभिन्न १४ वटा साहित्यिक संघसंस्थाहरूको संयुक्त आयोजनामा भएको यो तेस्रो बृहत साहित्य गोष्ठी हो ।
प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी र विशेष अतिथी नेपालबाट आएका गीतकार भाभेश भुमरीद्वारा कार्यक्रमको सभापति गमलाको लाली गुरांस फूलमा सिंचन गरि उद्घाटन गरिएको थियो।
गोष्ठीको पहिलो चरणमा अघिल्ला वर्षहरुमा वाचित तथा पुरस्कृत वातावरण सम्बन्धी १ सय ४ वटा कविताहरु संग्रहित “स्वच्छन्द सुसेलीहरू“ कृतिको विमोचन प्रमुख अतिथी, विशेष अतिथी र सबै आयोजक संस्थाका पदाधिकारीहरूद्वारा सामुहिक रुपमा गरिएको थियो। कृतिका बारेमा विनोद अधिकारी र विश्वास दीप तिगेलाले समिक्षा गरेका थिए। विशेष अतिथी भुमरीलाई र वातावरण अभियन्ता विजय हितानलाई प्रमुख अतिथिद्वारा सम्मान गरिएको थियो । सम्मानित भुमरीले आभार व्यक्त गर्दै आफ्नो गीति यात्राको बारेमा पनि बोलेका थिए ।
गत वर्षका इको कवितामा प्रथम स्थान हासिल गर्न सफल दुर्गाप्रसाद पोख्रेल र सन्तोष कार्कीलाई प्रमाण पत्र प्रदान गरिएको थियो। त्यस्तै नयां पुस्ताका सर्जकलाई साहित्य लेखनमा प्रोत्साहन गर्दै बाल कवि आगत खरेललाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो। यस वर्षको उत्कृष्ट कविता हासिल गर्ने लाहाङ चेम्जोङलाई पुरस्कार स्वरूप लालीगुरास फूल र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा दुर्गाप्रसाद पोख्रेल, जानुका राई, भुपेन्द्र घिमिरे, बिनोद अधिकारी, विश्वासदीप तिगेला, सुरेशजंग शाह, निर्मला न्यौपाने, प्रतिमा केसी, नानु राना, जानु काम्बाङ, लालसुन्दर राई, भोजराज बराल, घनबहादुर थापा, भावेश भुमरी, कृष्ण बजगाई, वासु शर्मा, सुमल कुमार गुरुङ, सारादेबी गुरुङ, देवी आले, लाहाङ चेम्जोङ, सेमन्त राई, कोमल श्रेष्ठ मल्ल,, गोकुल भण्डारी, मोती भण्डारी, रेशम अर्याल, राजेन्द्र खस, दलबहादुर बुढाथोकी, सन्जिता देउजा, होम सुनुवार, गोमा राना, गोपाल शाही, विश्वकाजी राई, मोहन आचार्य जलद, डम्बर सिंह प्रयास, दुत पुन ‘चिम्खोले काईला’, तारा भट्टराई लगायतले आफ्नो सृजना वाचन गरेका थिए ।
कार्यक्रमको संचालन वातावरणविद् विजय हितान र अनेसास उपाध्यक्ष साहित्यकार लक्ष्मी राई(लारा) ले गरेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अनेरास्ववियू उपत्यका स्तरिय भेलामा प्रचण्डको ‘उत्तेजक’ भाषण
- 3 hours ago
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनविरुद्धको आन्दोलनमा टाउको फुटाउन तयार रहेको बताएका छन् । आइतबार काठमाडौँमा भएको नेकपाको प्रचण्ड–नेपाल पक्षको अ
अष्ट्रेलिया र युट्युबको लागि बेचियो ‘डिसेम्बर फल्स’
- 3 hours ago

काठमाडौँ । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’को युट्युब र अष्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी म
आगोले नै निभायो आगो
- 4 hours ago

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।
विचित्र विश्व
भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनामा साइडइफेक्ट देखियो, एक जनाको अवस्था गम्भीर

एजेन्सी । भारतमा कोरोना भ्याक्सिन लगाउने कार्यक्रम सुरु भइसकेको छ । यस क्रममा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ ।