शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

Norvic Hospital

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो । सङ्ग्रहालयमा अन्तर्राष्ट्रिय व्यक्तित्वका २८ कलाकृतिसहित करिब १०० सामग्री सङ्ग्रह गरिएको छ । यसको निर्माण कलाकार सरगम सम्राट पाख्रिनले गरेका हुन् । रुखको ठुटा र जराबाट बनेको सङ्ग्रहालय विश्वमै पहिलो भएको उनले दावी गरे ।

 

सङ्ग्रहालय उद्घाटन समारोहमा वन विभागका महानिर्देशक मानबहादुर खड्काले यस किसिमको सङ्ग्रहालय अहिलेसम्म नेपालमा अन्यत्र नबनेको जानकारी दिए । सङ्ग्रहालयमा गौतम बुद्ध, महात्मा गान्धी, अलबर्ट आइन्स्टाइन, राइट ब्रदर्स, सर आइज्यक न्यूटन, माइकल फराडे, जेसस क्राइष्टलगायत व्यक्तिका तस्बिर काठका ठुटा र रुखका जरा एवं राँगो तथा खसीका हड्डी प्रयोग गरेर बनाई  सङ्ग्रहमा राखिएको छ ।

 

कार्यक्रममा महानिर्देशक खड्काले शहीद, निजामती, घुन्साजस्ता महत्वपूर्ण स्मारक निर्माण भइरहेको स्थलमा यस्ता सङ्ग्रहालयले नमूना स्थल बनाउन सहयोग गर्ने बताए । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन (युनेस्को)का नेपाल राष्ट्रिय आयोगका निमित्त सहायक महासचिव डा बाबुराम अधिकारीले शहीद सङ्ग्रहालयसँगै युनेस्को सङ्ग्रहालय पनि निर्माण गर्न लागिएको बताए ।

 

युनेस्को सङ्ग्रहालयमा शिक्षा, विज्ञान र संस्कृतिलगायत विषयवस्तु समेटिने जानकारी पनि उनले दिए । गोकर्णमा युनेस्को ग्रामसँगै दक्षिण एसियाली अध्ययन केन्द्रसमेत निर्माण गर्न लागिएको छ । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सिफारीस गरिएको उनले सुनाए । आगामी आर्थिक वर्षको बजेटमा अर्थ मन्त्रालयसँग रु ६२ करोड बजेट माग गरिएको जनाइएको छ ।

 

कार्यक्रममा शहीद स्मारक उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले सङ्ग्रहालय प्रवेशका लागि नेपाली आगन्तुकसँग रु २५, विदेशीसँग रु ५०, विद्यार्थी र सामुदायिक वनका सदस्यलाई रु १०, ज्येष्ठ नागरिक एवं फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क प्रवेश गराइने जानकारी दिए । शहीद स्मारकको कामको ७२ प्रतिशत भौतिक र ५८ प्रतिशत वित्तीय प्रगति भएको जानकारी कार्यक्रममा उनले दिए ।

 

गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, शिक्षक प्रकाश अधिकारी, सामुदायिक वनकी सचिव देवी बजगाइँ, कलाकार पाख्रिनलगायतले फरक किसिमका सङ्ग्रहालयले देशको पहिचान गराउनुका साथै आन्तरिक एवं पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने विश्वस व्यक्त गरे ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अष्ट्रेलियामा कोरोना कारण एकैदिन १६ जनाको मृत्यु

  • 6 minutes ago
अष्ट्रेलियामा कोरोना कारण एकैदिन १६ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना कारण एकैदिन १६ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा १६६९ जनाको ज्यान गइसकेको छ । त्यस्तै पछिल्लो एक दिनमा १८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

म किन गरीब ?

  • 13 minutes ago
म किन गरीब ?

सुखको लागि मानिस सबै थोक बदल्छ । भेष बदल्छ, देश बदल्छ, घर, जागिर, मित्र बदल्छ, श्रीमान्÷श्रीमती बदल्छ तर पनि दुःखी हुन्छ । किनकि ऊ आफू भित्रको स्वभाव र संसारलाई हेर्ने दृष्टिकोण बदल्न सक्दैन । अरू कुर

एमाले अधिवेशनः बाँकेमा ६ पालिकामा सर्वसम्मत

  • 14 minutes ago
एमाले अधिवेशनः बाँकेमा ६ पालिकामा सर्वसम्मत

नेपालगञ्ज उपमहानगरपालिकासहित छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भए पनि कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मङ्गलबार रातिसम्म नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको एमाले बाँकेका अध्यक्ष नीरक गुरुङले



पर्यटन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

एजेन्सी । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

एजेन्सी । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।