राष्ट्रिय योजना आयोगको भूमिका प्रभावकारी हुनुपर्छः मुख्यमन्त्री शाही
- आइतबार, ११ कार्तिक, २०७५
- 2 years ago
- राजनीति

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय योजना आयोगलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
“अहिलेसम्म योजना आयोग केही व्यक्तिलाई व्यवस्थापन गर्ने, जागिर लगाउने संयन्त्रका रुपमा सीमित बन्यो”, उनले भने, “तीन वटै तहका सरकारका लागि योजना निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ, सङ्घीय संरचनाअनुसार आफ्नो भूमिकालाई पनि बढाउनुपर्छ ।”
राष्ट्रिय योजना आयोगद्वारा आइतबार वीरेन्द्रनगरमा आयोजित दिगो विकास लक्ष्य मैत्री योजना निर्माण, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्कसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । कर्णालीको विकासमा योजना आयोग अलि बढी केन्द्रित हुनुपर्ने उनको सुझाव छ ।
मुख्यमन्त्री शाहीले आयोगसँग मुलुकको विकासको स्पष्ट खाका र समग्र तथ्याङ्क हुनुपर्ने बताए ।
“यहाँ भौगोलिक विकटता धेरै छ, छरिएका बस्ती छन्,” उनले भने, “छरिएका बस्तीलाई एकीकृत गर्न कस्ता योजना अघि बढाउँदा प्रभावकारी होला आयोगले विस्तृत अध्ययन गरिदेओस् ।”
मुख्यमन्त्री शाहीले कर्णाली सरकारले चालू वर्षलाई सम्भाव्यता अध्ययनका रुपमा लिइएको बताए ।
“यो वर्ष हामी अध्ययन गर्छौं, प्रदेश र नेपाल सरकारको बजेटबाट कति काम गर्न सक्छौँ त्यसको लेखाजोखासँगै विदेशी लगानीकर्तालाई लगानीका लागि आह्वान गर्छौं”, उनले भने ।
कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारबीच द्वन्द्व नभई आपसी समन्वय हुन सके मात्र सङ्घीयता सफल हुने बताए ।
कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, आयोगका उपाध्यक्ष डा पुष्प कँडेल तथा सदस्यद्वय मीनबहादुर शाही र सुशील भट्टले कर्णालीको विकास तथा आयोगको भूमिकाका सन्दर्भमा आ–आफ्नो विचार व्यक्त व्यक्त गरे ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउँदै अख्तियार
- 6 minutes ago

काठमाडौं । भौतिक पूर्वाधार निर्माणका विषयमा परेका उजुरीहरूको अनुसन्धानलाई थप प्रभावकारी, विश्वनीय र गोप्य बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने
अभिनेत्री स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म खेल्ने
- 22 minutes ago

एजेन्सी । नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म (साउथ फिल्म)मा डेब्यू गर्ने भएकी छन् ।
बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी
- 34 minutes ago

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।