सहारा यूकेद्वारा पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि आर्थिक सहयोग

  • सोमबार, ३ फागुन, २०७७
  • 1 week ago
  • युके

लण्डन । सहारा यूकेले नेपालको पोखरामा हुन लागेको अन्तर्राष्ट्रिय म्याराथन २०२१ को लागि आर्थिक सहयोग गरेको छ । भूतपूर्व खेलाडी मञ्‍च नेपालको १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२१ का लागि सहारा यूकेले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

 

सहारा यूकेका महासचिव धनु थकालीले उक्त रकम बराबरको चेक मञ्चका अघ्यक्ष तेजबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन् । भूतपूर्व खेलाडी मञ्‍च नेपालको १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२१ र वगर भाईखलकको पोखरा १०औं संस्करणको वगर भाई खलक एट ‘ए’ साइड फुटबल २०२१ को सहयोगका लागि आर्थिक सहयोग संकलन गरिएको सहारा यूकेका उपाध्यक्ष ले.री.कुसाङ गुरुङ र कोषाध्यक्ष शारदा गुरुङले जानकारी दिए ।

 

बगर भाईखलकको १०औं संस्करणको वगर भाई खलक एट ‘ए’ साइड फुटबल २०२१ को सेकेण्ड पुरस्कार प्रायोजन गर्ने यसअघिको निर्णयअनुसार ५५ हजार ५५५ रूपैयाँ रकम चाँड नै बगर भाईखलक पोखरालाई प्रदान गरिने ले.री. कुसाङ गुरुङ उपाध्यक्ष र शारदा गुरुङ कोषाध्यक्षले जानकारी दिए । 

 

उनीहरुले आगामी दिनहरुमा पनि साथ सहयोग, सुझाव र सल्लाहको अपेक्षा गर्दै सहयोगका लागि फेरि पनि हृदयदेखि नै धन्यवाद प्रकट गरेका छन् ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धादिङको गल्छीमा तीनवटा गाडी ठोक्किए, १३ जना घाइते

  • 15 minutes ago
धादिङको गल्छीमा तीनवटा गाडी ठोक्किए, १३ जना घाइते

धादिङवेशी । धादिङको गल्छिमा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गल्छी गाउँपालिका– ७ स्थित खेस्टे खोलामा तीन वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका हुन् ।

एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

  • 32 minutes ago
एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निगमले आज विज्ञप्तिमार्फत ज

'कि लाखु मास, कि हामीलाई नाश'

  • 36 minutes ago
'कि लाखु मास, कि हामीलाई नाश'

तनहुँ । “कि लाखु मास, कि हामीलाई नाश”, तनहुँको शुक्लागण्डकी नगरपालिका–१ चुया विसौनाकी ज्येष्ठ नागरिक देउमाया भुजेलले भन्नुभएको यो उक्ति झट्ट सुन्दा अप्रिय लागे पनि यस भनाइमा बाँदरले सताएका धेरै पीडा र



पर्यटन

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।