वेल्सका नेपालीले देखाए सगुनप्रति चासो

  • शुक्रबार, २९ आषाढ, २०७५
  • 2 years ago
  • युके

 

लण्डन । नेपालीहरुको लगानीमा स्थापित सोसल कमर्स साइट सगुन डटकमप्रति वेल्समा बसोबास गर्ने नेपालीहरुले पनि सकारात्मक चासो देखाएका छन् ।

 

यहि जुलाई २६ मा सगुनमा लगानी गर्ने अन्तिम चरणको अवसर सकिन केहि दिन बांकी रहंदा विहिबार वेल्समा गरिएको एक कार्यक्रममा सगुनका अभियन्ताहरुसंग स्थानीय नेपालीले सगुनप्रतिको चासो, जिज्ञासा र उत्साह देखाएका हुन् ।

 

वेल्सस्थित नेपाली समुदायको प्रतिनिधित्व गर्ने १ दर्जन बढि अगुवाहरुको सहभागितामा सम्पन्न कार्यक्रममा सगुनका सल्लाहकार सुर्य गुरुङ र बेलायत संयोजक युवराज सेढाईंले सगुनसंग सम्बन्धित विभिन्न जानकारीहरु बांडेका थिए ।

 

कार्यक्रमपछि सगुनका सल्लाहकार सुर्य गुरुङले वेल्सका नेपालीहरुले सगुनप्रतिको प्रशस्त रुपमा सकारात्मक चासो र उत्साह देखाएको बताए । 'सगुनका बारेमा उहांहरुसंग धेरै जिज्ञासा र प्रश्नहरु रहेछन् । ती सबैमा हामीले स्पष्ट पार्ने अवसर पायौं', सल्लाहकार गुरुङले भने, 'कार्यक्रमपछि सहभागीहरु निकै खुशी र उत्साहित हुनुभएको हामीले पायौं' । सहभागीहरुमाझ सल्लाहकार गुरुङले सगुनले कुनै व्यापारिक उद्धेश्य नभएर संसारमा नेपालीहरुको छुट्टै पहिचान स्थापित गर्ने र गौरव बढाउने लक्ष्य लिएकोे बताएका थिए ।  

 

कार्यक्रममा सगुनका बेलायत संयोजक युवराज सेढाईंले सगुनको बारेमा बिस्तृत जानकारीमुलक प्रिजेन्टेसन प्रस्तुत गरेका थिए । सगुनमा लगानीको लागि अन्तिम अवसर अब केहि दिन मात्रै बांकी रहेको जनाउंदै सेढाईंले वेल्सवासी नेपालीहरुलाई पनि सगुनमा लगानी गरेर यो अभियानमा सहभागी बन्न आग्रह गरेका थिए । 

 

कार्यक्रममा उपस्थित वेल्सवासी नेपाली व्यवसायी, ईच्छुक लगानीकर्ता तथा समुदायका अगुवाहरुले सगुन डटकममा लगानी गर्ने प्रक्रिया, विधी, यसको विश्वसनियता लगायतका विविध विषयमा राखेका  जिज्ञासाहरुमा  सल्लाहकार गुरुङ र बेलायत संयोजक सेढाईंले जवाफ दिएका थिए । कार्यक्रमको संयोजन गरेका मेजर खुशीमान गुरुङले सगुनका विषयमा वेल्सबासी नेपालीहरुलाई बुझाउने उद्धेश्यले वेल्स पुगेकोमा सगुन अभियन्ताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।  

 

बेलायतका विभिन्न क्षेत्रका नेपालीहरुमाझ पुगेर सगुनबारे बुझाउने र लगानी गर्न प्रेरित गर्ने क्रममा सगुनका अभियन्ताहरु आज वेल्स पुगेका हुन् । यसअघि गतसाता फार्नबरोमा एक बृहत अन्तरक्रियात्मक कार्यक्रम गरेका उनीहरुले गत सोमबार प्लाइमाउथका स्थानीय नेपालीहरुसंग पनि यस्तै प्रबद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेका थिए । लगानीको अन्तिम अवसरको लागि म्याद सकिनै लाग्दा बेलायतकका अरु थुप्रै क्षेत्र र समुहबाट चासो व्यक्त भइरहेको भन्दै थप केहि ठाउंमा कार्यक्रम गर्नेबारे तयारी भइरहेको बताइएको छ । 

 

सगुनमा लगानी गर्ने अन्तिम अवसर यहि जुलाई महिनाको २६ तारिख समाप्त हुंदैछ । सोहि अवसरलाई सदुपयोग गर्न आग्रह गर्दै सगुनका अभियन्ताहरुले बेलायतका फरक फरक क्षेत्रमा पुगेर स्थानीय नेपालीहरुमाझ कार्यक्रम गरिरहेका हुन् । 

 

अमेरिकामा बस्ने नेपालीहरुबाट सुरु भएको सगुन डटकमको प्रोजेक्टमा अहिलेसम्म ३५ सय बढि लगानीकर्ताबाट ५ मिलियन डलर भन्दा बढिको लगानी आइसकेको छ । बेलायतबाट पनि यसभन्दा अघिल्लो चरणसम्ममै ४ सय ५० भन्दा बढि  समाजका अग्रज, एनआरएन अगुवा,  व्यवसायी तथा सर्वसाधारणले सगुनमा लगानी गरिसकेका छन् । हिन्दुस्तान टाइम्स एक्लैले सगुनमा ५ मिलियन डलर लगानी गर्ने घोषणा गरेको छ । 

 

स्थापनाताका २ मिलियन डलर रहेको कम्पनीको भ्यालु अहिले बढेर ९३ मिलियन पुगेको सगुनका अभियन्ताहरुको दाबी छ । सन् २०२२ सम्ममा यसलाई बढाएर ५ बिलियन डलरसम्म पुरयाउने लक्ष्य उनीहरुको छ । 

 

केहि महिनाअघि सगुनले सार्वजनिक गरेको एन्ड्रोइड एप अहिलेसम्म १० लाख भन्दा बढिले डाउनलोड गरिसकेका छन् भने सगुनका प्रयोगकर्ता २५ लाख नाघिसकेका छन् । निकट भविष्यमा सोसल स्मार्ट कार्ड लञ्च गर्ने तयारी पनि भइरहेको सगुनले जनाएको छ ।

 

अहिले सगुनमा विश्वका जुनसुकै देशमा बस्ने नेपालीले कम्तीमा १ हजार डलरसम्मको लगानी गर्न सक्छन् । लगानीकर्ताले आफ्नो डेबिट वा क्रेडिट जुनसुकै कार्ड प्रयोग गर्न सक्ने बताइएको छ ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

  • 1 hour ago
सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

एजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् ।

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

  • 1 hour ago
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटारमा ओली समुहको स्थायी कमिटी बैठक बोलाइएको थियो ।

ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

  • 2 hours ago
ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

बुटवल । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।