मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध, पर्यटक र तीर्थयात्री अलपत्र
- मंगलबार, २९ साउन, २०७५
- 2 years ago
- नेपाल

म्याग्दी । दर्जनौँ ठाउँमा पहिरो खसेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध बनेको छ ।
छयहत्तर किलोमिटर दूरीको सडकको बेनीदेखि घासा खण्डमा पहिराका कारण सवारी आवागमन बन्द भएको हो ।
सडक अवरुद्ध हुँदा मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र स्थानीयवासी बाटामै अलपत्र परेका छन् ।
म्याग्दीका तितर, काभ्रेभीर, गुइँठे, रुप्से, बैसरी र बेगखोला क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।
आयोजनामा परिचालन भएका निर्माण कम्पनीका डोजर प्रयोग गरेर साँझसम्म सडक खुलाउने प्रयास भइरहेको बताइएको छ ।
कालोपत्रे गर्ने लक्ष्यसहित स्तरोन्नतिको काम भइरहेको बेनी–जोमसोम सडकमा पहिराको जोखिम बढेको छ ।
यसैगरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको कोप्चेपानीमा कालीगण्डकीले धार परिवर्तन गरी भएको कटानका कारण विद्यालय भवन जोखिममा परेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कोरोनाविरूद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी
- 7 minutes ago

एजेन्सी । कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी भएको छ । भारतको पुणेस्थित सेरम इन्स्टिच्युटमा बिहीबार दिउँसो भीषण आगलागी भएको हो । भारतीय संचारमाध्यामहरु
संवैधानिक इजलासले माग्यो संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना
- 19 minutes ago
काठमाडौँ । संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सू
यसरी नेपालमा ल्याइयो कोरोना भ्याक्सिन
- 37 minutes ago

काठमाडौँ । कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो ।
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।