‘शब्दसारथी’मा अष्ट्रेलियाका कवि र कविता

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

सिड्नी। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रम शब्दसारथिमा अष् ट्रेलियाका कविहरूले कविता सुनाएका छन्। अष्ट्रेलिया महादेशमा रहेका अनेसासका चारवटा च्याप्टरका पदाधिकारीहरूसहित त्यहाँ रहेका र भएका कविहरुले कविता सुनाएका हुन्।

 

अनेसास शब्दसारथिको ११ औँ शृङ्खलामा शनिवार मध्यरातसम्म आयोजना गरिएको उक्त कार्यक्रममा अनेसास क्विन्सल्याण्ड च्याप्टरका अध्यक्ष डा. केशव शर्मा, अनेसास पर्थ च्याप्टर अध्यक्ष हरिप्रसाद अधिकारी, अनेसास न्यूसाउथ वेल्स च्याप्टर अध्यक्ष ममता तिवारी, अनेसास क्यानबेरा च्याप्टर अध्यक्ष चन्द्र तिवारीले च्याप्टरका गतिविधि बारे जानकारी गराउदै रचना वाचन गरे।

 

अनेसास च्याप्टर र केन्द्र बीचको सम्बन्धलाई अझ नजिक बनाउने उद्देश्य अनुरुपको अवधारणा अनुरूप ‘नमस्ते च्याप्टर’को शुभारम्म गर्दे उक्त कार्यक्रमको आयोजना गरिएको हो।

 

कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले यस किसिमको कार्यक्रमले केन्द्र र च्याप्टरलाई एउटै मञ्चमा उभिन सहयोग पुग्ने बताए। अनेसासका सद्भावनादूत आचार्य राजन शर्माले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।

 

कार्यक्रममा महता घिमिरे चापागाईं, राजेश्वरी रेग्मी आचार्य, ईशा शर्मा कोइराला, प्रकाश तिवारी ुविवश, रमेश अधिकारी, डा. प्रकाश पौडेल, गायत्री कोइराला, गोविन्द बराल, नेत्र पौडेल, रोमन मानव, ईश्वर पौडेल, गोमा उप्रेती, सन्तोष लम्साल, मुक्तिराम पोखरेल, आशिष भट्टराईलगायतले रचना वाचन गरे।

 

अष्ट्रेलिया भ्रमणमा रहेका गजलकार धनराज गिरीको पनि सहभागिता रहेको उक्त कार्यक्रममा अष्ट्रेलिया निवासी अनेसासका उपाध्यक्ष राजेश बुढाथोकी र केन्द्रीय सदस्य महेश्वर शर्माले कार्यक्रम आयोजनाको उपादेयता माथि प्रकाश पार्दै कविहरूलाई स्वागत र धन्यवाद ज्ञापन गरेका थिए।

 

अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजनमा भएको उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले र कोषाध्यक्ष कृष्णकुमार गिरीले केन्द्रका विभिन्न कार्यक्रम र गतिविधिमाथि प्रकाश पारेका थिए।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

  • 21 minutes ago
कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन् ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • 55 minutes ago
हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 1 hour ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।