शब्दयात्रा प्रकाशनले सम्मान गर्ने तीन स्रष्टाको नाम सार्वजनिक

Norvic Hospital

काठमाडौँ । शब्दयात्रा प्रकाशनले आख्यानकार गीता केशरी, भाषा व्याकरण संरक्षणकर्मी शरच्चन्द वस्ती र चार वेदलाई नेपालीमा अनुवाद गर्नुहुने अनुवादक तिलकप्रसाद लुइँटेललाई सम्मान गर्ने भएको छ । प्रशासनिक क्षेत्रमा लागेर अर्र्को विधामा महत्वपूर्ण योगदान गर्ने महिलालाई समर्पण गरिने प्रशासनिक महिला प्रतिभा सम्मान २०७८ सालका लागि आख्यानकार केशरी (काठमाडौँ) लाई समर्पण गरिने प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिए । यो सम्मानको आर्थिक व्यवस्थापन पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले गरेकी हुन् ।

 

यसैगरी अघिल्लो वर्ष सञ्चार माध्यमबाट प्रकाशित र प्रसारित लेख रचनामध्ये पाठक मतबाट उत्कृष्ट ठहरिएका स्तम्भकार वा लेखकलाई समर्पण गरिने स्तम्भकार सम्मान २०७८ सालका लागि नेपाली भाषा–व्याकरणको संरक्षण–सम्वद्र्धनमा उल्लेख्य योगदान गरेका शरच्चन्द्र वस्ती (सुनसरी) लाई समर्पण गरिने भएको छ । यस सम्मानको आर्थिक व्यवस्थापन पत्रकार हरिगोपाल प्रधानले गरेका हुन् । 

 

कुनै पनि विधाबाट राष्ट्रिय जागरणका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई समर्पण गरिने राष्ट्रझङ्कार सम्मान २०७८ सालका लागि चारै वेदलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गराउनुभएका लुइँटेल (तेह्रथुमं लाई समर्पण गरिने भएको छ । यस सम्मानको आर्थिक व्यवस्थापन साहित्यकार कृष्णहरि मैनालीले गरेका हुन् ।

 

 

प्रकाशनले अन्वेषक भरत जङ्गम, प्राडा नन्दीश अधिकारी र निर्मला श्रेष्ठलाई सम्मान गर्ने घोषणा एक महिनाअघि गरेको थियो । प्रकाशनले प्रत्येक वर्ष नौ जना स्रष्टालाई सम्मान गर्ने गरेकामा बाँकी तीनजनाको नाम पनि छिट्टै सार्वजनिक गरिने जनाइएको छ । छनोट समितिले चयन गरेका व्यक्तित्वलाई नै प्रकाशनले सम्मान समर्पण गर्ने गरेको छ ।

 

प्रकाशनद्वारा प्राचार्य लोकेन्द्र ढकालको संयोजकत्वमा गठित सम्मानित व्यक्तित्व चयन समितिले अनलाइन बैठक बसी नाम छनोट गरेर नामावली उपलब्ध गराएका आधारमा घोषणा गरिएको उनले जानकारी दिए । उक्त समितिले शब्द यात्रा प्रकाशनबाट २०७८ सालको प्रथम चरणमा समर्पण गर्नुपर्ने नौ विधाका सम्मानबाट सम्मानित व्यक्तित्वमध्ये छ जनाको नाम छनोट गरेको छ ।

 

बाँकी तीन जनाको नाम पनि छिट्टै सार्वजनिक गरिने जनाइएको छ । दोस्रो चरणमा पनि नौ गरी प्रकाशनले प्रत्येक वर्ष १८ जनालाई स्रष्टालाई सम्मान गर्ने गरेको छ । सम्मानपत्र र नगद रु पाँच हजार राशिसहित सम्मानित गरिने जनाइएको छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट डिस्चार्ज

  • 3 minutes ago
अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट डिस्चार्ज

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । विरामी परेपछि उनलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्तपतालबाट उनी आइतबार डिस

मलेसियामा एक नेपालीको मृत्यु

  • 10 minutes ago
मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् ।

मनी लड्रिङ केश: सोधपुछका लागि बारम्बार बोलाउँदा पनि गइनन् अभिनेत्री ज्याकलिन फर्नानडेज

  • 15 minutes ago
मनी लड्रिङ केश: सोधपुछका लागि बारम्बार बोलाउँदा पनि गइनन् अभिनेत्री ज्याकलिन फर्नानडेज

एजेन्सी । मनी लड्रिङ केशमा इडीले बारम्बार सोधपुछका लागि बोलाउँदा पनि अभिनेत्री ज्याकलिन फर्नानडेज अनुपस्थित भएको मिडिया रिपोर्टमा उल्लेख छ ।



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक्रमण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।