रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा खासालेपछि...
- बुधबार, ३ असोज, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

मस्को, रूस । रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खासालिएको रूसी रक्षामन्त्रालयले मङ्गलबार जनाएको छ । उक्त आक्रमणबाट विमानमा यात्रारत १५ जनाको मृत्यु भएको रूसको दावी छ ।
रूसले विमान आक्रमणमा इजरायली हात रहेको बताइएको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रमा इजरायली लडाकूसँग भएको दोहोरो झडपका क्रममा विमानमा लागेपछि जमिनमा खसेको र चालक दलका सदस्यसहित सबैजनाको मृत्यु भएको रूसी रक्षामन्त्रालयले पुष्टि गरेको छ ।
रूसी सेनाले दिएको जानकारी अनुसार सोमबार राति आफ्नो जासुसी विमान आइएल–२० लाई रूसी हवाई अखडामा फर्किरहेका वेला सामुद्रिक सतहदेखि ३५ किलोमिटर टाढा आक्रमण गरिएको हो ।
इजरायली चालकले रूसी विमानलाई ढालका रूपमा प्रयोग गर्दै आक्रमणको निशाना बनाउन सफल भएको रूसी रक्षामन्त्रालयका प्रवक्ता मेजर जनरल आइगोर कोनासेनकोभद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
रूसी रक्षामन्त्री सर्गेइ सोइगुले आफ्ना इजरायली समकक्षी अभिगडोर लाइबरम्यानलाई मङ्गलबार फोन गरी घटनामा पूर्णतया इजरायल दोषी रहेको बताए ।
तर इजरायली सैनिक तथा विदेश मन्त्रालयले विमान आक्रमणबारे रूसी दावीको खण्डन गर्नुभएको छ ।
रूसले विमानको भग्नावशेष र केही मृत शरीरलाई समुद्रबाट बाहिर ल्याइसकिएको बताएको छ । केही यात्रुको मृत शरीरलाई उद्धार कार्य जारी रहेको पनि रूसी अधिकारीले बताएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
एनआरटी मलेसिया प्रस्थान
- 2 minutes ago

काठमाडौं । मलेसियाको पेनाङमा आयोजना हुने टुवान याङ टेरुतमा (टिवाइटी) कप फुटबल प्रतियोगितामा नेपालको ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी)ले भाग लिने भएको छ ।
क्यानडा जाने नेपाली टोलीको बिदाइ
- 7 minutes ago

स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ । विश्वकप लि
आचार्य गैह्रआवासीय राजदूत नियुक्त
- 13 minutes ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्यान्डका लागिसमेत गैह्रआवासीय राजदूत पदमा सोमबार नियुक्त गरेकी छन् ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।