रुसमा मदिरा सेवन ४३ प्रतिशतले घट्यो

Norvic Hospital

एजेन्सी । विश्व स्वास्थ्य संगठन -डब्लुएचओ- ले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको उल्लेख छ । भोड्का, ह्विस्कीजस्ता अल्कोहलको मात्रा बढी भएका मदिरा सेवनका लागि चिनिएको रुसमा सन् २००३ यता त्यस्तो मदिरा सेवनमा कमी आएको हो ।

 

खेलकुदमा बढी रुची राख्ने राष्ट्रपति भ्लादिमिर पुटिनले ल्याएका कतिपय सुधारात्मक कदमले मदिरा सेवनमा कमी आएको अध्ययनले देखाएको छ । रुसमा पछिल्ला वर्षमा अल्कोहल बेचबिखनमा कडाई गर्नुका साथै स्वस्थ जीवनशैलीप्रति मानिसहरुलाई आकर्षित गर्न अभियान नै थालिएको छ ।

 

विश्वमै रुसी गणराज्य अत्यधिक मदिरा सेवन गर्ने मुलुकको रुपमा निकै चर्चामा रहेको थियो भन्दै प्रतिवेदनमा सन् १९९० को दशकमा मानिसको मृत्युको एउटा प्रमुख कारण पनि मदिरा सेवन नै रहेको उल्लेख छ ।

 

तर पछिल्ला वर्षहरुमा यो प्रवृत्तिमा नाटकीय रुपमा सुधार आएको छ ।

 

अध्ययनमा सन् २००३ देखि २०१६ को अवधिमा मदिरा सेवनको दरमा ४३ प्रतिशत कमी आएको देखिएको छ । प्रतिवेदनका लेखकहरुले अल्कोहल सेवनमा कमी भएकै कारण रुसीहरुको औसत आयु पनि बढेको बताएका छन् । सन् २०१८ मा महिलाको औसत आयु ७८ वर्ष र पुरुषको ६८ वर्ष पुगेको थियो । यो रुसकै इतिहासमा सबैभन्दा उच्च हो ।

 

सन् १९९० को दशकमा पुरुषको औसत आयु ५७ वर्षमात्र थियो ।

 

विगतमा सोभियत नेता मिखाइल गोर्बाचेभले आंशिक प्रतिबन्ध सहित मदिरा–विरोधी अभियान नै चलाएका थिए । यसका कारण सन् १९८० देखि १९९० सम्म मदिराको उपभोगमा निकै कमी आएको थियो ।

 

तर सोभियत संघको विघटन सहित अल्कोहलको उपभोग एकाएक वृद्धि भयो, र योक्रम सन् २००० को दशकसम्म जारी रह्यो । 

 

पुटिनको शासनकाल शुरु भएसँगै राति ११ बजेपछि मदिराको बिक्री वितरणमा रोक लगाउनुका साथै खुद्रा बिक्रीमा कर वृद्धि र विज्ञापन प्रशारणमा प्रतिबन्ध लगाइयो ।

 

रुसी वयस्क उमेरका व्यक्तिहरुले आजभोलि फ्रान्सेली र जर्मनको भन्दा न्यून मात्रामा अल्कोहल सेवन गरिरहेको डब्लुएचओले जनाएको छ ।

 

मस्कोले हालैमात्र सवारी साधन चलाउँदा सूर्ती सेवनमा प्रतिबन्ध लगाएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बलात्कार आरोप लागेका कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ

  • 4 hours ago
बलात्कार आरोप लागेका कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ

काठमाडौं । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् ।

६९४ तहको परिणाम सार्वजनिक, कांग्रेस पहिलो र एमाले दोस्रो

  • 5 hours ago
६९४ तहको परिणाम सार्वजनिक, कांग्रेस पहिलो र एमाले दोस्रो

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा

बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल

  • 6 hours ago
बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल

लुम्बिनी । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिक



पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।