के रसिया विश्वकपको समापन चलिरहँदा यी महिलाले मेडल चोरेकै हुन् त ?

Global IME
Mega Bank
Norvic Hospital
  • बिहीबार, ३ साउन, २०७५
  • 4 years ago
  • खेल

एजेन्सी । रसियामाको लुज्निकी रंगशालमा आइतबार राति सम्पन्न विश्वकपको फाइनल खेल सम्पन्न भएपछि समापन समारोह सुरु भयो । रंगशालमा सहभागी झण्डै ८० हजार मानिसले मात्रै होइनन् विश्वकपको विजेता फ्रान्स र उपविजेता क्रोएशियालाई मञ्चमा सम्मान गरिरहेको विश्वभरीका करोडौं दर्शकहरुले टेलिभिजन प्रत्यक्ष प्रशारणमार्फत हेरे ।

 

तर, समापन समारोहमा चलिरहँदा एउटा यस्तो दृश्य देखियो कि त्यो देखेर धेरै जना आश्चर्यमा परे । मारियोन मेयर भोरफेल्डर नामकी महिलाले पुरस्कार स्वरुप दिन लागिएको मेडल एकाएक आफ्नो ब्लेजर्समा हालिन् । उनी थिइन् डीएफबी (डेउस्चर फुटबल बन्ड)का पूर्व अध्यक्षकी छोरी । उनी फिफा अध्यक्ष जियान्नी इन्फान्टिनो तथा रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको पछाडि बसेकी थिइन् । उनैले फ्रान्स र क्रोएशियाका खेलाडीहरुलाई मेडल दिन इन्फान्टिनो तथा पुटिनलाई मेडल हस्तान्तरण गरेकी थिइन् ।

 

 

उनले मेडल गोजीमा हालेको धेरैले याद नै गरेनन् । उक्त कुरा टेलिभिजन प्रत्यक्ष प्रशारणमा पनि देखिएन तर, केही फोटोग्राफरले भने उक्त दृश्य कैद गरिहाले । सो फोटो इन्टरनेटमा आएपछि भाइरल भयो । धेरैले समापन सामारोहमै मेडल चोरी भयो भनेर उनको आलोचना गर्न पनि भ्याइहाले ।

 

यसरी उनको आलोचना हुन थालेपछि फिफाले पनि मुख खोलेको छ । फिफाले अवार्ड सेरेमोनीमा कतिपय खेलाडी तथा प्रशिक्षक मेडल लिन नआएको कारणले गर्दा पछि दिने गरी ब्लेजरमा हालेको बताएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

  • 22 minutes ago
पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

एजेन्सी । पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दिउँसो

निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

  • 40 minutes ago
निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुन

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

  • 43 minutes ago
समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।